बुटवल – निरन्तर मानवीय सेवामा समर्पित भइरहेको कार्यक्रमका लागि कार्यक्रम भन्दा पनि आवश्यकता हेरि तत्काल कार्यक्रम गर्ने गरिरहेको लायन्स क्लब अफ बुटवल मेट्रोसिटी covid 19 को महामारीमा अन्य रोगहरुका बिरामीलाइ रगत अभाव भइरहेको पछिल्लो परिस्थितिलाई ध्यान दिदै आफ्नो स्थापना दिवस को अवसरमा लियो क्लब अफ मेट्रोसिटी सँगको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बुटवलस्थित ब्लग बैंकमा सम्पन्न कार्यक्रममा 46 युनिट रगत संकलन गर्दै यो विषम परिस्थितिमा अध्यक्ष लायन नवराज वन्जाडे नविनले रोगसँग डराएर होइन सावधानी पूर्वक लडेर विजय प्राप्त गरी मानव सेवामा जुट्न अपिल गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि LCI 325B2 एरिया ४ चिफ लायन जिवन गौतमले सामाजिक दुरी कायम गरी यस्तो राम्रो मानवीय कार्यक्रममा जुट्ने सबैको मुक्तकण्ठले प्रशंसा गर्नुभयो लायन नवराज वेलवासेको संयोजन गरेको उक्त कार्यक्रममा सामाजिक अभियान्ता स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान zone chairperson विदुर पौडेल, Region Chairperson संस्थापक अध्यक्ष लायन बिनोद सुवेदी एरिया सचिव उमानाथ अधिकारी , द्वितीय उपाध्यक्ष प्रदिप जिसी लगायतको उपस्थिति रहेको थियो।
लियो क्लब अफ बुटवल मेट्रोसिटी 2021/22 का अध्यक्ष दीपेन्द्र पौडेलले कार्यक्रमको समापन गर्नु भएको थियो भने सञ्चालन प्रथम उपाध्यक्ष ला.इ. गोबिन्द प्रसाद लामिछानेले गर्नुभएको द्वितीय उपाध्यक्ष प्रदिप जिसीले सवलपोस्टलाई जानकारी दिनुभयो । साथै उक्त क्लबको आजै प्रथम बोर्ड बैठक तथा स्थापना दिवश मनाइएको थियो ।












