बालबालिका सम्वन्धि कार्यविधि निर्माणका लागि अन्तरक्रिया

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली-साउन १७,मसुरीया,देउखुरी दाङ – राप्ती गाउँपालिकामा बालबालिका सम्वन्धि अवस्थाको विश्लेषण गर्दै निति तथा कार्यविधि निर्माणका लागि अन्तरक्रिया गरिएको छ ।सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले बालबालिकाको नैसर्गिक अधिकार अन्तरगतका कुराहरुको सुरक्षा गर्नु सबैको जिम्मेवारी रहेको हुदा पालिका स्तर बाटै निति तथा कार्यविधि निर्माण गर्नु आवस्यक रहेको बताउनु भएको छ ।

राप्ती गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, ९ वटै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा सबै वडाका बाल क्वलका प्रतिथनिधिहरुको सहभागीता रहेको अन्तरक्रियामा बेस संस्थाका बासुदेव चौधरी र लोकराज चौधरीले सहजीकरण गर्नु भएको थियो ।कार्यक्रममा स्थानिय बालअधिकार समिति गठन तथा संञ्चालन, कार्यान्वयन कार्यविधि, पालिकाको लागि घटना ब्यवस्थापन निर्देशिका, बालकोष संञ्चालन निर्देशिका, बालमैत्रि स्थानिय शासन रणनिती तथा कार्यविधि लगायतका विषयमा छलफल गरिएको छ ।

राप्ती गाउँपालिकामा बालबालिका सम्वन्धि अवस्थाको विश्लेषण गर्दै बाल संरक्षण निति, बालक्लव गठन तथा सञ्चालन, बालश्रम निवारण, जोखीमबाट उद्धार गरिएको बालबालिकाको पारिवारीक पुनर्एकीकरण र बालश्रममुत्त पालिका घोषणा जस्ता विषयमा समुहगत रुपमा छलफल गरिएको छ ।कार्यक्रममा चेतना तथा मानव श्रोत ब्यवस्थापनका लागि पालिका स्तरमा बालअधिकार समिति निर्माण तथा पुर्नताजगी गर्ने, वडा स्तरमा बालअधिकार समिति गठन गर्ने, बाल संरक्षण सञ्जाल निर्माण गर्ने, बाल कल्याण अधिकारी, समाजसेवि नियुत्त गर्ने लगायतका विषयमा छलफल गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जिसी तथा कल्पना खनालले समायोजन गर्नु भएको निति तथा कार्यविधि निर्माणका लागि अन्तरक्रियामा राप्ती क्षेत्रमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका भृकुटि महिला समुह, लक्ष्मी महिला समुह तथा अन्य सरोकार वालाहरुको समेत सहभागिता रहेको थियो । एक दिने निति तथा कार्यविधि निर्माणका लागि अन्तरक्रिया द्धारा बालबालिका सम्वन्धि अवस्थाको विश्लेषण गर्दै निति तथा कार्यविधिको प्रारम्भिक खाका तयार गरेको छ ।