जिमिरेभारमा बिशाल बहुउदेशिय सहकारीको पाचौ सेवा केन्द्रको उद्घाटन

प्रकाशित मिति:

पश्चिम नवलपरासीको बर्दघाट ९ भुताहामा अवस्थित बिशाल बहुउदेशिय सहकारी संस्था लि. को ५ औ सेवा केन्द्र शनिबार बर्दघाट ७ जिमिरेभारमा कार्यलय समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विनोद खनालको अध्यक्षता, संविधानसभा सदस्य बिक्रम खनालको प्रमुख आतिथ्यता तथा जिल्ला ससहकारी संघ नवलपरासीका उपाध्यक्ष बृहस्पति अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनाल ले सहकारीहरुले कृषि क्षेत्रमा लगानी गर्दै कृषिको प्रबद्र्धनमा टेवा पुरयााउनु पर्ने बताउदै सहकारीले आफ्ना शेयर सदस्यहरुलाई आम्दानी तर्फ जोड्न उत्पादनशिल आयमुलक कार्यक्रममा लगानी गर्नुपर्ने र समाजमा न्युन आय भएका सदस्यहरुको जिविकोपार्जनका लागी उनिहरुको उत्पादनलाई बजारीकरणका लागी सहकारीले भुमिका खेल्नु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बृहस्पति अधिकारी, वार्ड नंं ७ का वार्ड अध्यक्ष धु्रब थारु , बर्दघाट उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने जिमिरेभार बजार विकास समितिका अध्यक्ष नरेन्द्र थापा , क्युपेक नेपाल जिमिरेभारका अध्यक्ष होम बहादुर गाहा लगायतले मनतव्य राख्नु भएको थियो ।

केन्द्रिय कार्यालय बर्दघाट ९ भुताहामा रहेको सहकारीको यस अगावै बर्दघाट ४ बर्दघाट , बर्दघाट १२ भटौलिया , बर्दघाट १६ दाउन्नेदेवी मा सेवा केन्द्र स्थापना गरी सेवा दिईरहेको छ भने ५ औ सेवा केन्द्रको रुपमा जिमिरेभार मा कार्यलय स्थापना भएको संस्थाका अध्यक्ष विनोद खानलले जानकारी दिनुभयो । कुल ४ हजार ६ सय ४९ जना शेयर सदस्य रहेको सहकारीमा १ करोड ८७ लाख ८ हजार शेयर पुजि रहेको छ भने २१ करोड १९ लाख ६६ हजार बचत रकम र ८४ लाख ९५ हजार कोष रकम रहेको सहकारीले २७ करोड ५० लाख २२ हजार १ सय ६१ कर्जा लगानी गरी कुल संस्थाको वासलात ३२ करोड ५६ लाख ५३ हजार ५ सय ८६ रहेको छ । संस्थाले प्लास्टिक कप प्रतिस्थापन का लागी कागजको कप उत्पादन गरिरहेको र २ विागहा ५ कठ्ठमा तरकारी खेती समेत गरिरहेको र सम्पुर्ण सेवा केन्द्रहरुमा दुग्ध संकलन भण्डारण र विक्रि केन्द्र समेत स्थापना गर्ने लक्ष्यका साथ संस्था अगाडी बढेको संस्थाका सचिव प्रेम अधिकारी ले जानकारी दिनुभयो ।