तिर्थराज ज्ञवाली-साउन २५, मसुरीया ,देउखुरी दाङ- राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमार चौधरी र थारु आयोगका पदाधिकारी विच छलफल भएको छ । थारु आयोगका सदस्य मा।सुवोध सिंह थारु सहितको टोली विच राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमार चौधरीले यस क्षेत्रको अवस्था तथा थारु समुदायको अवसर, चुनौति, समस्याका बारेमा जानकारी गराउनु भएको छ ।
राप्ती गाउँपालिकाका थारु समुदायको सास्कृतिक अवस्था तथा सामाजिक अवस्थाका वारेमा समेत कुराकानी भएको गरिएको छ ।
यस राप्ती क्षेत्रका थारु समुदायका विभिन्न सास्कृतिक कला सस्कृति संरक्षणमा पालिका तथा थारु आयोगका विचहुन सक्ने समन्वयका वारेमा समेत छलफल गरिएको छ ।छलफलमा थारु कल्याणकरी सभा क्षत्रिय समिति देउखरका चेतराम चौधरी, थारु आयोगकी गोमा चौधरी समेतको सहभागिता रहेको थियो ।
नेपालको संविधानको भाग २७ धारा २६३ मा थारु आयोगको व्यवस्था छ थारु समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्वद्र्धन तथा थारु समुदायको सशक्तीकरण गर्नका लागि ऐन बनाइएको उल्लेख छ । थारु आयोग एक संवैधानिक आयोग हो जसले मूलतः थारु सम्वद्ध नीति निर्माणका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने तथा सुझाव दिने, सरकारद्वारा संचालित नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र समुदायको सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको थारु आयोगका सदस्य मा।सुवोध सिंह थारुले जानकारी दिनु भएको छ ।