सडक दुर्घटनाबाट ज्यान गुमाएका आफ्ना सदस्यको लागि (NMSRA) बुटवलले गर्यो सहयोग 

प्रकाशित मिति:

बुटवल -नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (NMSRA) बुटवल युनिटका साधारण सदस्य अन्सु कुमारको गत असार १२ गते सडक दुर्घटनामा परी अकल्पनीय निधन भएको थियो । मोटरसाइकल दुर्घटनाका कारणले मृत्यु भएका उनी घर महोत्तरी जिल्लामा परेतापनी बुटवलमा बसेर काम गर्दै आइरहेका थिए ।

उनलाई बुटवल ईकाई बाट गरिएको दुर्घटना बिमाको रकम ५ लाख र ईकाईका सम्पुर्ण ईक्ष्छुक सदस्यहरु बाट संकलित रु १ लाख गरि जम्मा ६ लाख रुपैयाँ उनको घर महोत्तरी स्थित मनरा कट्टीमा पुगि इकाई अध्यक्ष बिष्णु ढकाल र इकाई कोषाध्यक्ष प्रभाकर शाहले स्व अन्सुको परिवार समक्ष अन्शुको श्रीमतीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको छ ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएको कारण नेपाल भरका अन्य ईकाईहरु संग समेत सहयोग मागि थप सहयोग गरिने र उनको परिवारलाई भोलीका दिनमा कुनै समस्या परे सदैब सहयोग गर्ने प्रतिबद्धता समेत बुटवल इकाईले दिएको छ ।साथै बुटवल इकाईका अध्यक्ष ढकालले संस्थाप्रती लगनशिल र कर्तव्यनिष्ठ अन्शुको निधनले सम्पुर्ण युनिटनै शोकाकुल रहेको बताउदै उनको योगदानको उच्च स्मरण समेत गर्नुभएको थियो ।