बुटवल – रोट्याक क्लब अफ लुम्बिनी स्टार्सले तिलोत्तमा नगरपालिकामा मास्क तथा सेनीटाइजर बितरण गरेको छ । नगरपालिकामा कार्यक्ररत सफाईकर्मीहरुका लागि क्लबले सो सामाग्री एकमुस्ट नगरपालिकालाई हस्तान्तरण गरेको हो । पटिल्लो समय कोरानोको दोस्रो लहरको संक्रमण बढ्दै गएको अवस्थामा सरकारले घोषणा गरेको नो मास्क नो मुभ कार्यक्रम अन्तरगत मास्क वितरण सप्ताहा मनाई रहेको सन्र्दभमा क्लबले उक्त कार्यक्रम सम्पन्न गरेको क्लबका अध्यक्ष मुक्ति भण्डारीले बताउनु भयो ।
तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष मुक्ति भण्डारी, क्लबका संस्थापक अध्यक्ष विमल ढकाल तथा स्पोन्सर क्लब रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव भण्डारीले नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीलाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो । तिलोत्तमा नगरपाकिलाका १७ वडामा कार्यरत सरसफाईकर्मीहरुलाई प्रदान गर्ने गरि करिव ४ हजार पिस मास्क, १० लिटर सेनिटाइजर र ६ प्याकेट ग्लोब्स हस्तान्तरण गरिएको जनाइएको छ । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले यस्तै प्रकारका आपसी सहयोग र सहकार्यबाट नै समाजको विकास र उन्नती गर्न सजिलो हुने बताउदै क्लबबाट भएको सहयोगले नागरिक एवं कर्मचारीको स्वाश्थ्य सुरक्षामा मद्दत पुग्ने धारणा राख्नु भयो । क्लबका अध्यक्ष मुक्ति भण्डारीले युवाहरुको क्षमता विकासमा क्रियासिल रोटरीले समाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस प्रकारका गतिविधिहरु गर्ने लक्ष्य बोकेको उल्लेख गर्दै क्लब सधै समाजसंग जोडिएर हिड्न चाहेको बताउनु भयो । रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव भण्डारीले नागरिकको स्वाश्थ्य सुरक्षामा युवाहरुको सचेतना कार्यक्रमलले धेरै महत्वपूर्ण भूमिका हुनेहुँदा त्यसमा केन्द्रीत रहन आग्रह गर्नु भयो ।
क्लबका संस्थापक अध्यक्ष विमल ढकालले कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा सबैले स्वाश्थ्यको मापदण्ड पालना गरि आफुलाई चलायमान बनाउनु पर्ने बेला आएको हुदाँ क्लबले त्यसप्रकारको जनचेतना अभियान चलाउनु जरुरी भएको धारणा राख्नु भयो । कार्यक्रममा नगरपालिकाका स्वाश्थ्य शाखा प्रमुख केशव भट्टराई, हरियाली प्रर्वद्धन शाखा प्रमुख गोरखनाथ खनाल लगायत बोल्नु भएको कार्यक्रममा स्वागत क्लबका सुनिल पोखरेलले र सञ्चालन सचिव सुदिप न्यौपानेले गर्नु भएको थियो ।











