स्याङ्जा सहयोग समाज अन्तरास्ट्रिय समन्वय समितीद्वारा आर्थिक सहयोग

प्रकाशित मिति:

नसा सम्बनधि रोगका कारणले बिगत ३ बर्ष देखि बिरामी भई थला परेका चापाकोट नगरपालिका वडा २ स्वामिभन्ज्याङका गुणनिधी आचार्यलाई स्याङ्जा सहयोग समाज अन्तरास्ट्रिय समन्वय समितीले आर्थिक सहयोग गरेको छ।स्याङ्जा सहयोग समाज कतारका भुतपुर्व अध्यक्ष तथा क्ष्ऋऋ का सल्लाहकार रामु बस्यालको बिशेषको आतिथ्यता तथा स्याङ्जा सहयोग समाज युएईका सास्कृतिक बिभाग प्रमुख प्रकाश ढकालको संयोजकत्वमा ११ हजार रुपैयाँ प्रदान गरिएको छ। साथै उपचारका लागी थप सहयोग गर्ने ढकालले बताए ।केन्द्र सरकारले बिपन्न तथा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको भन्ने सुन्नमा आएपनि दूरदराजका ज्येष्ठ नागरिकले भने उक्त सेवा अझै लिन नसकेको पीडित आचार्यले दुखेसो पोखे।

तिन छोरी र एक श्रीमतीका अभिभावक आचार्य विगत ३ वर्षयता खुट्टा नचल्ने र कम्मरमुनिको भागमा अत्यधिक पिडा हुने लगायतका समस्याले ग्रसित भएपनि उपचार नपाउँदा कष्टकर जीवन बिताउन बाध्य छ्न।छोराछोरीको पालनपोषणका लागि आचार्यकि श्रीमतीले अहिले निकै सङ्घर्ष गरेकि छन । आफू शारीरिकरूपमा अशक्त भएका कारण चाहेर पनि छोरीहरु साथै श्रीमतीको अभिभावक बन्न नसकेकोआचार्यले गुनासो गरे ।