राप्तीमा जेष्ठ नागरिक दिवा सेवा सुरु हुदै सिसहनिया र मसुरीयाबाट सेवा लिन सकिने

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली- दाङ जिल्लाको राप्ती गाउँपालिकामा जेष्ठ नागरिकलाई लक्षित गरि दिवा सेवा सुरु गर्न थालिएको छ । दिवा सेवा सञ्चालनका लागि राप्ती गाउँपालिकाले दुई स्थान छनौट गरि कार्य सुभारम्भ गर्न थालेकोले सम्पुणर् जेष्ठ नागरिकहरु सो सेवा केन्द्रमा सहभागीहुन राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले जेष्ठ नागरिकहरुमा अनुरोध गर्नु भएको छ ।

अध्यक्ष सुवदिले घरमा रहनु भएका जेष्ठ नागरिकको उचित स्हार गर्ने छोरा,छोरी बुहारी तथा अन्य सदस्यलाई गाउँपालिकाले नियमित रुपमा सम्मान गर्दै आएको बताउदै हरेक परिवारले आफ्ना घरमा रहनुहुने जेष्ठ नागरिकलाई दिवा सेवामा सहभागी गराईदिन समेत अनुरोध गर्नु भएको छ ।राप्ती गाउँपालिका महिला वालवालिका, अपाङ तथा जेष्ठ नागरिक शाखाले राप्ती गाउँपालिका क्षेत्रका जेष्ठ नागरिकलाई पाएक पर्ने गरि मसुरीया र सिसहनियामा दिवा सेवा सुरु गर्न थालेको महिला विकास निरिक्षक जिवन जिसीले जानकारी दिनु भएको छ ।

६० वर्ष माथिका नागरिकलाई एकैठाउ राखेर गफगाफ, भेटघाट गर्ने, मनोरन्जन गर्ने, दुख सुख साट्नेगरि बस्ने ब्यवस्था मिलाई सेवा सुरु गर्न थालिएको सहायक महिला विकास निरिक्षक कल्पना खनालले जानकारी दिनु भयो । आगामी भदौ ७ गते मसुरीया स्थीत रेडक्रम भवन र वडा नं ५ स्थीत वडा कार्यालयको भवन बाट जेष्ठ नागरिक दिवा सेवा सुरु गरिने भएको छ ।