पालिकास्तरिय उपभोक्ता समितिको अध्यक्ष नेपाली चयन

प्रकाशित मिति:

हापुरे, १० भदौँ । बबई गाउँपालिकास्तरिय उपभोक्ता समितिको अध्यक्षमा हिरा नेपाली चयन हुनुभएको छ । बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना अन्तर्गत आज हापुरेमा भएको भेलाले नेपालीको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिति गठन गरिएको हो ।समितिको उपाध्यक्षमा लिलाकुमारी वली, सचिबमा हेमा बिक र कोषाध्यक्षमा हिमा भण्डारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राजकुमारी वली डाँगी, सुप्रिया रोकाय, जानकी खड्का, चेतना चौधरी, झमारा सार्की, मानकुमारी केसी, श्यामप्रकाश चौधरी र हिरालाल खड्का चयन हुनुभएको छ ।

बबई गाउँपालिका, हेफर प्रोजेक्ट र सिड सस्थाको सयुक्त प्रयासमा परियोजना सञ्चालन भइरहेको छ । उपभोक्ता समिति गठन कार्यक्रममा पालिका अध्यक्ष भुबनेश्वर पौडेल, उपाध्यक्ष साबित्रा बिश्वकर्मा, वडाध्यक्षहरु नन्दलाल वली, टेकबहादुर वली, डम्बर सिरिस मगर, महाबीर चौधरी, चिन्तामणी शर्मा, खड्गबहादुर कवरले बोल्नुभएको थियो ।परियोजनाका बारेमा कार्यक्रम अधिकृत महेश आचार्यले जानकारी गराउनुभएको थियो । आर्थिक बर्ष २०७७÷०७८ देखि बबई गाउँपालिकामा बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना सुरु भएको हो ।पालिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका सात वटै वडामा गठन भएका बिभिन्न कृषि समुहका प्रतिनीधिहरुको सहभागीता रहेको थियो । भेलाको सहजीकरण परियोजना संयोजक हिरालाल खड्काले गर्नुभएको थियो ।