सुरेश परियार,भाद्र १५ , नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन सैनामैना गठन भएको छ ।सैनामैनाका उद्योगी,ब्यापारीहरुको एक भेलाले राजेन्द्र घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको भेला आयोजक समितिले जनाएको हो । नवगठित समितिको उद्योग उपाध्यक्षमा राम बहादुर सुनार,खिमानन्द अचार्य वाणिज्य उपाध्यक्ष,गोविन्द खरेल महासचिब,नारायण पाण्डे सचिब,लक्ष्मी कुंवर कोषाध्यक्ष,जित बहादुर भण्डारी सहकोषाध्यक्ष र सदस्यहरुमा माधब पौडेल,भिम कोईराला,लिलाराम तिवारी,सरिता भुसाल र रुपेस गौतम चयन भएका छन् ।

सैनामैना ३को मुर्गिया स्थित ग्लोबल पार्टि प्यालेसमा भएको कार्यक्रम भेला आयोजक समितिका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षता, नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन लुम्बिनी अध्यक्ष मनिष कुमार जोशीको प्रमुख आतिथ्यता,नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला सचिब निर्मल जि.सीको बिशिष्ट आतिथ्यता तथा नेकपा माओवादी केन्द्र रुपन्देही सचिवलय सदस्य भोला बस्याल, नेकपा माओवादी केन्द्र सैनामैना नगर अध्यक्ष मान बहादुर महत,नेकपा क्रान्तिकारी माओवादी नगर अध्यक्ष एकदेव पौडेल,नेकपा एकिकृत समावादी पार्टि रुपन्देही जिल्ला सदस्य देवराज पौडेल,राष्ट्रिय जनमोर्चाका प्रतिनिधि हरि योगी,सैनामैना उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपक अधिकारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नारायण पाण्डेको स्वागत तथा शान्ता बराल शर्माको सञ्चालनमा सम्पन्न भएको हो । यो संगै सैनामैनामा सैनामैना उद्योग वाणिज्य संघ,सैनामैना ब्यापार संघ र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन गरि तिन वटा ब्यापारिक प्रतिष्ठान बनेका छन् ।












