१३ भदौ,कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिकामा रहेको सुनगाभा सामुदायिक बिकास केन्द्रको २७ औं बार्षिक उत्सबको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।रुद्रपुर साथी सञ्जालको आयोजनामा संचालित रक्तदान कार्यक्रममा ३६ जना रक्तदाताहरुले रक्तदान गरेका छन।
स्थानिय एबम बाह्य स्रोत र साधनहरुको पहिचान एबम परिचालन गरि सरोकारवालाहरुको सहकार्यमा लक्षित बर्गहरुलाई पुनर्स्थापन,सशक्तिकरण,शिक्षा,स्वास्थ्य एबम जीबिकोपार्जनमुखी क्षेत्रमा पहुंच पुर्याई उनिहरुको जिबनस्तरमा सुधार ल्याउने कार्यक्रमहरु संचालन गर्दै आइरहेको केन्द्रले संस्था स्थापनाको २७ औं बार्षिक उत्सबको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको साथी सञ्जालका सुस्मिता नेपालीले जानकारी दिनु भएकोछ।
न्यायपुर्ण तथा समतामुलक समाज निर्माणका लागि युनाईटेड मिसन टु नेपाल, स्ट्रोम फाउण्डेसन नेपाल र स्थानिय सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वय र सहयोगमा समुदायमा आधारित मानव बेच बिखन बिरुद्ध,मानसिक स्वास्थ्य, सम्वाद कार्यक्रमहरु संचालन गर्दै आएको छ।












