१५ भदौ,कञ्चन-रुपन्देहीको गैडहवामा मोटरसाइकल र साइकल बिच एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। गैडहवा ६ को सूर्यपुरा स्थित गुलरहिया चोकमा शुक्रवार भारतयि नम्वर प्लेट यू पि ५५ डब्लु ९६३० नम्वरको मोटरसाइकलले सांझ ५ बजेको समयमा दुई वटा साइकललाई ठक्कर दिंदा ४ जना सख्त घाइते भएका छन भने १ जनाको अवस्था चिन्ताजनक रहेको ईलाका प्रहरी कार्यलय,सूर्यपुराले जनाएको छ।
दुर्घटनामा परी गम्भिर घाइते हुनेहरुमा मोटरसाइकल चालक अन्दाजी बर्ष २२ का हिरावत मल्लाह, साइकलमा सवार ठेगाना भारत भएका अन्दाजी बर्ष ४५ का प्रल्हाद गुप्ता, गैडहवा ७ बस्ने अन्दाजी बर्ष ४५ का वासीदेबी हरिजन र अर्का साइकल चालक गैडहवा ७ बस्ने कृष्णनाथ गुप्ता रहेको ईलाका प्रहरी कार्यलय,सूर्यपुराका प्रहरी नायब निरीक्षक लोकनाथ पाण्डेले जानकारी दिनु भएको छ।
घाइते मध्ये साइकल चालक ठेगाना भारत भएका अन्दाजी बर्ष ४५ का प्रल्हाद गुप्ताको अवस्था चिन्ताजनक रहेको ईलाका प्रहरी कार्यलय,सूर्यपुराका प्रहरी नायब निरीक्षक पाण्डेले जानकारी दिनु भएको छ। तीनै जना घाईतेहरुलाई उपचारका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्स प्राबिधिक अस्पताल भैरहवा पठाइएको ईलाका प्रहरी कार्यलय,सूर्यपुराका प्रहरी नायब निरीक्षक लोकनाथ पाण्डेले जानकारी दिनु भएको छ।












