जसपा नेता यादवको नेतृत्वमा नरहा गाउँपालीकामा अख्तियार विरुद्ध मसाल जुलुस पर्दर्शन
महेश सिंह सिरहा लहान १७ असोज-अख्तियार विरुद्ध सिरहाको नरहागाउँपालीकामा मसाल जुलुस पर्दर्शन गरेको छ । जनता समाजवादी पार्टी (जसपा)ले सिरहाका नरहागाउँपालीकामा मसाल जुलुश प्रदर्शन गरेको जसपाका युवा नेता बिजय कुमार यादवले जनाएको छ ।केहि दिन अगाडि मुख्यमन्त्री कार्यालयको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत खरिद भएको साइकल प्रकरणलाई लिएर अख्तियारले छापामारी गरेका थिए ।
प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा राजनीतिक षडयन्त्र पूर्वक अख्तियारले छामापारी गरेको उनीहरुको आरोप छ ।जसपाका नेता बिजय कुमार यादवका नेतृत्वमा नहरा गाउँपालीकामा करिब सयौं जसपाका नेताकार्यकर्ताहरुको एक समुहले गापा भरी पर्दर्शन गरेका छन् ।लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाका नेताहरुले आपति समेत जनाएको छ ।
स्थानीय तहहरुमा हाथमा मशाल बोकी अख्तियार प्रमुख मुर्दावाद,अख्तियार प्रमुख राजिनामा दे, जस्ता नारा लगाउँदै मशाल जुलुस प्रर्दशन गरेका छन्। नेता यादव सिरहा क्षेत्र नम्बर ४ का लोकप्रिय नेताको रूपमा चिनिने गरेको छ।











