भैरहवा-मायादेवी च्यारिटेवल फाउन्डेसनले कोभिड १९ अवार्ड प्रदान गर्ने भएको छ । कोरोना महामारीका बेला नित्तान्त सहयोगी भूमिका निर्वाह गरेका व्यक्तिलाई अवार्ड प्रदान गर्ने भैरहवामा पत्रकार सम्मेल गरी फाउन्डेसनका अध्यक्ष रविकुमार रौनियारले बताए ।२०७६ साल बैशाखमा स्थापना भएको उक्त संस्थाले सुरुवातिमा रु. २० मा खाना खुवाउने कार्यक्रम गर्दै आएको थियो । अहिले पछिल्लो समय कोभिड १९ का कारण खाना खुवाउने कार्यक्रमलाई स्थगित गर्दै अहिले स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको अध्यक्ष रौनियारले बताए ।
असोज २३ गते कोभिड १९ अवार्ड वितरण गर्ने भएको छ । कोभिडको समयमा आफ्नो पेशा र व्यवसायलाई त्याग गरेर कोभिडको लागि खटेर काम गरेका लुम्बिनी प्रदेशका प्रत्येक जिल्लाका १ ÷१ जनालाई सम्मान गर्ने छ । स्व. पत्रकार बिन्दु कुमार चौहानको परिवारलाई पनि आर्थिक सहयो गर्ने भएको छ । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा आएका व्यक्तिलाई सम्मान गर्ने भएको छ । मायादेवी च्यारिटेवल फाउन्डेसलाई सहयोग गर्ने व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ रौनियाले भने ।सफाइ, चिकित्सक, डाक्टर, पत्रकार, समाजसेवीलाई अवाड प्रदान गरिने कार्यक्रम रहेको छ ।
विपन्न परिवारका व्यक्ति, गरिब जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गर्ने र दशै तिहार पछी अन्नपूर्ण भोजनालय मार्फत २० रुपैँयामा खाना खुवाउने कार्यक्रम रहेको छ ।अवार्ड पाउनको लागि धेरै व्यक्तिले इच्छा व्यक्त गर्ने भएकोले योग्य व्यक्तिलाई छनोट गरी दिन लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेस केसीले आग्रह गरे । अहिले कतिपय संस्थाले दिएका अवार्ड स्वीकार योग्य नभएकोले अवार्ड दिँदा योग्य व्यक्ति छनोट गर्नु पर्ने अध्यक्ष केसीले बताए ।











