कञ्चनमा बिष सेवन गरेर एक पुरुषको मृत्यु

प्रकाशित मिति:

१९ असोज,कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा बिष सेवन गरी एक जनाको मृत्यु भएको छ। मृत्यु हुने रुपन्देही जिल्ला कञ्चन गाउपालिका वडा नं। ४ बागेशवरी टोल बस्ने अन्दाजी बर्ष ४२ का मान बहादुर सुनार रहेको ईलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ।

मंगलवार बिहान ४ बजेको समयमा मृतक सुनारले वमित गरेको निजको अवस्था गम्भिर भएपछि परिवारले उपचारकाा लागि लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा लगिएको र उपचारकै क्रममा बिहान ६स्३८ मिनेटको समयमा सुनारको मृत्यु भएको अस्पतालले जानकारी प्राप्त भएको ईलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ।
सोमवार सांझ मृतक सुनारले आफुले माछा मार्ने दबै लिएको र खाना खाएपछि माछा मार्न जाने हो भनेको तर बिहान ४ बजेतिर एक्कासी वमित गरेपछि निजको स्वास्थ्य अवस्था निकै गम्भिर भएका कारण बिष सेवन गरेको हुन सक्ने अनुमान गरी उपचारका लागि अस्पताल लगिएको मृतकका बुवा चन्द्र बहादुर सुनारले बताउनु भयो ।

मृतक सुनारले कुन बिषादी सेवन गरेका हुन भन्ने खुल्न नसकेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिारीले जानकारी दिनु भएको छ।