मेयरलाई कांग्रेस सैनामैनाको ज्ञापन पत्र: किसानलाई राहत प्याकेज घोषणा गर्न माग
सुरेश परियार,कात्तिक ८ गते- नेपाली कांग्रेस सैनामैना नगरसमितिले लगातारको वर्षातका कारण पिडामा परेका किसान परिवारलाई सम्बोधन हुने गरी तत्काल राहत प्याकेज घोषणा गर्न सैनामैना नगरपालिकासँग माग गरेको छ । सोमबार नेपाली कांग्रेस सैनामैना नगर सभापति रण बहादुर खनालको हस्ताक्षिरित ज्ञापन पत्रमा सैनामैनामा लगातार जारी वर्षाका कारण ठूलो संख्यामा किसान प्रभावित भएको भन्दै राहत प्याकेज घोषणा गर्न माग गरेका हुन्। सो ज्ञापन पत्र सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीलाई बुझाउँदै किसानकोे पिडामा सरकारको निर्णायक सहभागिता हुनुपर्ने बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ । किसानलाई तत्काल जग्गाको मालपोत कर मिनाहा,मलखाद,बिउबिजन निशुल्क उपलब्ध गराउन भनिएको छ ।बास्तविक पिडित किसानको पहिचान गरि शिघ्र क्षेतिर्पुिर्त दिनुपर्ने कांग्रेस रुपन्देही जिल्ला उपसभापति फणिन्द्र्र प्रसाद शर्माले बताएका छन् । मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न,किसान लगायत आम नेपालीहरूले अप्रत्याशित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्वजानकारी पाउने व्यवस्था सुनिश्चित गर्न पनि जिल्ला उपसभापति शर्माले नगरपालिकासँग माग गरेका हुन् ।
बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको ठूलो क्षतिप्रति कांग्रेस सैनामैना नगरसभापति रण बहादुर खनालले दुःख व्यक्त गरेको छन। खनालले किसानको पक्षमा कांग्रेस सधै तल्लीन रहने बताए । कार्यक्रमको सञ्चालन कांग्रेस सैनामैना नगरसमितिका सचिब अर्जुन पौडेलको रहेको थियो ।लगातार वर्षाका कारण किसानले भित्त्र्याउन लागेको धानबाली खेतमै नष्ट भएको छ ।त्यस्तै,पश्चिम नेपालमा बाढीका कारण केही व्यक्तिको मृत्यु हुनुका साथै बाढीबाट ठूलो संख्यामा मानिस प्रभावित समेत भएका छन् ।












