महेश सिंह सिरहा लहान सिरहा,२३ कात्तिक। सिरहाको मिर्चैया नगरपालीका वडा नम्बर ९ पुलिस पटा भने चुरे वन क्षेत्रमा पर्ने वनभित्र लुकाई छिपाई राखेको करिब ५१थान साखु जातको चिरानको काठ बरामद गरेको छ्।जम्दार भोगेन्द्र प्रसाद यादवको नेतृत्व अर्थात कमान्डमा खटीएको गस्ती टोलिले गोप्य सूचनाको आधारमा डिभिजन वन कार्यालय लहान र सब डिभिजन वन कार्यालय मिर्चैयाको सशस्त्र रक्षकको गस्ती गस्तीटोलिले संयुक्त रूपमा वन क्षेत्रमा गई करिब अन्दाजी ५० के।बी। फिट साखु जातको चिरान काठ बरामत भएको छ्।
हालको बजार मुल्य करिब २ लाख ५० हजार पर्ने काठ बरामद गरी डिभिजन वन कार्यालय लहानमा बुझाएको जम्दार भोगेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो।चुरेक्षेत्रको वनबाट अवैधरुपमा तस्करहरुले काठ ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले जानकारी भयो।वन रक्षकहरुलाई देखेपछि तस्कहरु काठ र साइकल छोडेर भागेको दासले बताए।दासका अुनसार सिरहा जिल्लामा साल काठ नहुदाँ छिमेकी जिल्ला उदयपुरबाट चोरी पैठारी गरी ल्याउने गरेको दासले बताए ।
पक्राउ परेका काठ अहिलेको बजार भाउ अनुसार २ लाख ५० हजार भन्दा बढि मूल्य बराबरको काठ बरामत गरेको छ्।यसको विषयमा आवश्यक अनुसंधान भई रहेको डिभिजनल वन अधिकृत दासले बताए।काठ पक्राउ गर्न आवश्यक सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गोलबजारको टोलिले सहयोगको लागी घटना स्थल पुगेका थिए ।विशेष सूचनाको आधारमा गोलबजार नपा ८ चोहर्वाको मैनाबती खोला नजीकैबाट ५१ थान सखुवाको चिरान बरामद गरेको हो।बरामद गरेको काठ डिभिजन वन कार्यलय लहानमा राखीएको र थप अनुसन्धान भई रहेको जम्दार भोगेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो।











