ताला तोडनु समस्याको समाधान होईनस् छलफल र सहकार्यबाट समस्याको सामाधान हुन्छस् वडा अध्यक्ष यादव
महेश सिंह सिरहा लहान २ कार्तिक । सिरहाको लहान नगरपालिका २४ को वडा कार्यालयमा कार्तिक १० गतेबाट ताला बन्दी भएको छ ।खास गरी सडक विकासको लागी विपक्षी दलहरुले कार्यालयमा ताला बन्दी गरेर जनताहरुको दैनिकि काम काज अप्ठायारोमा परेको उनले पत्रकार समेलनमा बताएका छन्।सार्बजनिक कार्यालयमा बताला बन्दी गरेर समस्याको सामाधान न हुने वडा अध्यक्ष कमलदेव यादवले बताए ।
ताला बन्दी समस्याको समाधान होईन सामाधानको बाटो संवाद हो वहाले बताउनु भयो। म पनि जनताबाट निर्वाचित भएर आएको हु जनताकै काम काजमा लागेको छु । विकासको लागी समस्याको निकासको लागी छलफल र संवाद गर्न म हर बखत तयार भएको यादवले बताए।
२० दिनको पश्चात आईतबार देखि अर्को कोठामा जनताको सेवा सुसविधाको लागी कार्य सचालन गरी सकेको बताए । ताला तोडन सक्छु तर ताला तोडनु समस्याको समाधान होईन म अहिले पनि अनुरोध गर्दछु आनुस संवाद गरौ र जनताको काम काज सुचारु गरौ ।











