बर्दघाट २ चिसापानीमा बित्तिय साक्षरता र मनोपरामर्श कक्षा संचालनका लागी आज प्रारम्भिक भेला सम्पन्न,

प्रकाशित मिति:

बनेपाल सरकार र स्विस सरकारको दुईपक्षिय सम्झौता अनुसार नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय तहको नेतृत्व र हेल्भेटास नेपालको प्राविधक सहयोगमा ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगर द्धारा कार्यान्वयन गर्दै आएको सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत बर्दघाट नगरपालिकाको वार्ड नंं २ चिसापानीमा बित्तिय साक्षरता र मनोपरामर्श कक्षा संचालनका लागी आज प्रारम्भिक भेला सम्पन्न भएको छ ।

बर्दघाट २ का वार्ड अध्यक्ष दया दर्लामीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाकी नगर उप प्रमुख एवं न्यायिक समिति संयोजक माया देवी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा बोल्दै प्रमुख अतिथि पौडेलले बैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र उपलब्धिमुलक बनाउन सबैले पहल गर्नु पर्नै बताउदै बैदेशिक रोजगारीमा जादा सिप सिकेर र सहि सुचना लिएर मात्र जान सके बैदेशिक रोजगार सफल हुने बताउनुभयो । सो अवसरमा बैदेशिक रोजगारमा रहेका परिवारले बिदेशमा रहेकाको मात्र कमाईको भर नपरी बिदेश बाट आउने रेमिट्यान्सलाई घर परिवारले पनि आम्दानीमुलक काममा प्रयोग गरी आय आर्जन तर्फ लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारीले सामी परियोजनाले दिने सेवाका बारेमा सहजिकरण गर्नुभएको थियो ।

भेलाले वार्ड नंं २ मा हरेक बिहिबार बित्तिय साक्षरता तथा मनोसामाजिक कक्षा संचालन गर्ने निर्णय समेत गरेको छ । सो कक्षामा बैदेशिक रोजगार संग सम्बिन्धित परिवारका ३० जनाको सहभागिता रहने छ । कार्यक्रममा बैदेशिक रोजगार संग सम्बिन्धित परिवार जन प्रतिनिधि संघ संस्थाका प्रतिनिधि र सामी परियोजनाका कर्मचारी सहित ७० बढिको उपस्थिती रहेको कार्यक्रममा परियोजनाका रिर्टनी भोलेण्टियर रामु भुषालले कार्यक्रमको उदेश्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन परियोजनाका बित्तिय सहजकर्ता नारायण दत्त धिमिरेले गर्नुभएको थियो ।