जगिलाल थापा- गुल्मी र पाल्पामा रहेको सत्यवती बजैसंग चिच्याएर बर माग्न मानिसहरुको भिड भइरहदा यता रुपन्देहीको कञ्चन गाउपालिकामा मनमनै भाकल गरी मनोकांक्ष पुरा हुने ठाउ मलावरदेबीमा गए राती देखि मानिसहरु जाग्राम बसेका छन। रुपन्देही, कपिलबस्तु, नवपरासी र छिमेकी देश भारतको गोरखपुर,सुनौली र उत्तर प्रदेशका बिभिन्न शहरबाट हिजो नै अर्थात कार्तिक शुक्ल बैकुण्ठ चतुर्दशीका दिन बिहानै देखि मानिसहरुको भिड लागेको छ।कञ्चन लायन्स क्लव बर्ष २०२१/२०२२ का अध्यक्ष शसिधर सापकोटाका अनुसार पुर्णिमा दिन एका बिहानै मलावर देबीको पुजा आराधना गर्न र मन चिताएको पुरा होस भनि मनमनै भाकल गर्न मानिसहरुको घुईचो लागिरहेको छ।
रुपन्देहीको एैतिहासिक र पुरातात्विक हिसावले पनि अध्ययन अनुसन्धान गर्नै पर्ने मलावरदेबी मन्दिरमा कहिले देखि मेला लाग्ने गरेको कुनै जाननकारी नभए पनि छिमेकी देश भारतको उत्तर प्रदेश राज्यका बिभिन्न शहरहरुबाट हरेक बर्षको कार्तिक शुक्ल पुर्णिमाको दिन पुजा गर्न एक दिन अगाडी देखि मानिसहरु आउने गरेको पाइन्छ। नेपालीहरु भन्दा भारत आएका भारतियहरु हरेक बर्ष पुजा गर्न आउने गरेको मलावरदेबी माध्यमिक विधालयका प्रधानाध्यापक समेत रहनु भएका स्थानिय भुवन कुमार गौतमले बताउनु भयो ।स्थानिय पाकापुरानाहरुलाई उदृत गर्दै शसिधर सापकोटाका अनुसार मरत्तेली नाम गरेको मर्चवारका कुख्यात डांकुले गाउमा डकैती गरेर लुटेका सामानहरु लुकाउने र आफु लुक्ने ठाउ समेत रहेको मलावरदेबी थान क्षेत्र बि।सं। २०२० साल सम्म निकै ठूलो घना जंगल रहेको थियो । उक्त डांकुले गाउमा डकैती तथा चोरी गर्नु पुर्व मलावदेबीमाई थानको दिनभर पुजा गर्ने र रात परेपछि गाउ पसेर डकैती गरी चोरी गर्ने गरेको र गाउबाट लुटेर ल्याएको सुनचांदी,गरगहना र पैसा सोही ठाउमा लुकाउने गरेको प्रधानाध्यापक गौतमले बताउनु भयो । अहिले पनि उक्त ठाउहरुमा किसानहरुले खनजोत गर्दा पुराना सिक्का पैसा र सुनहरु समेत फेला पार्ने गरेका छन। अहिले स्थानियहरुको पहलमा मन्दिर पसिरलाई तारबारगरी संरक्षण गरिएको छ । पछि उक्त मुरत्तेलीको स्थानिय हाल गैडहवाको गिडहियामा पोखरीमा डुवेर मृत्यु भएको थियो ।
उक्त मलावरदेबी माईथानमा आफुले चाहेको कुरा मनमनै भाकल गरे पुरा हुने जनबिश्वासको आधारमा रातभर जाग्राम बसेर पुर्णिमाका दिन बिहानै पुजा आराधना गर्दै आएका छन। मलावरदेबी माइथानको पुजा गरेपछि बिभिन्न बाजागाजाहरु बजाउन शुरु गर्ने प्रचलन समेत रहेको नेपाल तथा भारतका जोगीहरु सो ठाउमा आई पुजागरी नाचगान गर्ने चलनको निरन्तरता स्वरुप सोही रमाइलो हेर्न स्थानियहरु जम्मा हुने गर्नेक्रममा अहिले भेकुम पुर्णिमाको मेलाको रुपमा मलावरदेबी माइथानमा मेला लाग्दै आएको मलावरदेबी माध्यमिक विधालयका प्रधानाध्यापक भुवन कुमार गौतमले जानकारी गराउनु भएको छ।बिभिन्न सुन तथा चांदीका सिक्का समेत भेटिने र जमिन खन्दा माटो तथा बिभिन्न धातुका भाडांकुंडा पाइने भएको उक्त ठाउ ऐतिहासिक र पुरातात्विक दृष्टिले निकै महत्वपुर्ण मानिन्छ। तर सो ठाउको प्रचार प्रसार हुन नसक्दा एतिहासिक महत्वका बस्तुहरु नष्ट हुने स्थानियहरुले चिन्ता ब्यक्त गर्दै आएका छन। स्थानिय सरकारको रुपमा रहेको कञ्चन गाउपालिकाले सो ठाउहरुको आवस्यक संरक्षण र अध्ययनको बिषयबस्तु बनाउने तर्फ ध्यान दिन सके मलावरदेबी माइथानको महत्व अझ बढदै जाने कुरामा कुनै दुईमत हुने छैन।











