युवा नेता संक्रान्ति थारुको उम्मेद्वारी घोषणा

प्रकाशित मिति:

कपिलवस्तु, ५ मंसिर । नेपाली कांग्रेस प्रतिनिधी सभा कपिलबस्तु क्षेत्र नं.१ को सह–सचिवमा युवा नेता संक्रान्ति थारुको उम्मेद्वारी घोषणा भएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत थारुले उम्मेद्वारी घोषणा दिनुभएको हो । नेपाल तरुण दल बाणगंगा नगर उपसभापति समेत रहेका थारु आफ्नो जीत सुनिश्चित भएको बताउँनुभयो । नगरकै प्रिय युवा नेता थारु विभिन्न सामाजिक संघ–संस्थामा क्रियाशिल भएर काम गर्दै आउँनुभएको छ । विगत लामो समय देखि नेपाली कांग्रेसमा आवद्ध भएर नेपाल तरुण दल लगायत राजनीतिमा होमिएका थारु कपिलवस्तु नेपाली कांग्रेस र पार्टीका भातृ संगठन, संघ संस्थामा निर्वाचनमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउँनुभएको छ । थारुले अग्रजहरुलाई सम्मान र थारु युवहरुलाई पनि भूमिका पाउनु पर्छ र राजनीतिमा युवाहरु आउनु पर्छ भनेर नै आफूले उम्मेद्वारीकोे घोषणा गरेको बताउँनुभयो ।