मंसीर १५(बाउनीपाटा, देउखुरी दाङ)-सन २०१७ देखी राप्ती गाउँपालिका दाङलाई कार्यक्षेत्र बनाउदै आफ्ना कार्यक्रम तथा योजना सञ्चालन गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिकाको वडा नं २ र ९ मा जलवायु मैत्री कृषि प्रविधि तालिम सञ्चालन गरेको छ ।नाम्सालिङ सामुदायीक विकास केन्द्रको आयोजना, राप्ती गाउँपालिका सँगको समन्वय र विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालित “एकिकृत सामुदायिक विकास परियजना” अन्तर्गत राप्ती गाउँपालिकाको वडा नं २ अन्तरगत बाउनीपाटा र वडा नं ९ को जाकिनेगाउँमा जलवायु मैत्री कृषि प्रविधि तालिम सञ्चालन गरिएको होे ।
नामसालिङका कार्यक्रम संयोजक तथा कृषि अधिकृत शशांक आचार्य तथा कृषि प्राविधिक धन कुमारी चौधरीले सहजीकरण गर्नुभएको तालिममा दुई चरणमा ५० जनालाई सहभागि बनाईएको थियो ।तालिममा जलवायु परिवर्तन र बढ्दो जलवायु उत्पन्न विपदहरुको सेरोफेरोमा कृषिलाई कसरी अनुकूलित गर्दै अगाडि बढाउँदै कृषि उत्पादन वृद्धि गर्न सकिन्छ भन्ने विषयमा सिकाइ आदान प्रदान गरिएको थियो ।जलवायु मैत्री कृषि भन्नाले जलवायु परिवर्तन गर्न निर्णायक भूमिका खेल्ने कृषिका क्रियाकलापहरुबाटै निस्कने हरितगृह ग्याँसहरुको उत्सर्जनलाई केही हदसम्म कम गरिन्छ र जलवायु परिवर्तनका असरहरूबाट कृषिलाई बचाउनुका साथै कृषि उत्पादनलाई दिगो रुपमा बढाउन पहल गरिने कृषि अधिकृत शशांक आचार्यले बताउनु भएको छ ।जलवायुमैत्री कृषि प्रणालीले पुराना वातावरण मैत्री कृषि क्रियाकलापहरुदेखि नयाँ विकसित कृषि प्रविधिहरुलाई एकीकृत गरी सम्पूर्ण कृषि प्रणालीलाई नै वातावरणमैत्री दिगो तथा जलवायु अनुकूल बनाउँने बारे तालिममा प्रशिक्षण गरिएको छ ।
राप्ती क्षेत्रमा अपनाउन सकिने केहि जलवायुमैत्री कृषि प्रविधिहरुमा सघन धान खेती प्रविधि ९एसआरआई०,एकीकृत शत्रुजीव व्यस्थापन ९आईपिएम०,एकीकृत मल खाद्य व्यवस्थापन, संरक्षण तथा शून्य खनजोत कृषि प्रविधि, बाली चक्र प्रणाली, मिश्रितबाली÷अन्तरबाली कृषि प्रणाली, थोपा सिँचाइ प्रविधि,आकाशे पानीको संकलन प्रविधि, सौर्य उर्जाबाट पानी तान्ने प्रविधि,बायोग्याँस, सामुदायिक बीउ बैँक, कृषि बिमा, धान खेतमा माछा पालन, धान खेतमा हाँस पालन, कृषि वन प्रणाली, बायो चार, मौसममा आधारित कृषि सुझाव प्रणाली रहेको बारे जानकारी गरिएको छ ।











