रुपन्देहीको कञ्चनमा एकिकृत समाजवादीको भेला

प्रकाशित मिति:

८ पुष, कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा नेकपा एकिकृत समाजवादीको कार्यकर्ता भेला भएको छ। भेलाले अर्जुन ढकालको अध्यक्षतामा ५१ सदस्यिय नेकपा एकिकृत समाजवादी,कञ्चन गाउ कार्य समिति गठन गरेको छ। भेलाले उपाध्यक्षमा भिम थापा, सचिवमा सुवास ढकाल र सह सचिवमा सुस्मिता गुरुङ्गाई चयन गरेको छ। भेलालर्ला सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङ्ग, नेकपा एकिृित समाजवादीका लुम्बिनी प्रदेश सदस्य मिन प्रसाद घिमिरे, जिल्ला सचिव अविराम बि।क।, सचिवालय सदस्य कुलेन्द्र पुन, जिल्ला सदस्य मनु थापा ल गायत वक्ताहरुले बिकासोन्मुख समाज निर्माण गर्न र समाजबाद उन्मुख राज्य व्यबस्था स्थापना गर्न एकिकृत समाजवादी पार्टीको गठन भएको बताउनु भएको छ।

एककिृत समाजवदाीका लुम्बिनी प्रदेशका सदस्य मिन प्रसाद घिमिरेले नेकपा एमाले भित्र भएको व्यक्तिवादी प्रबृति र ब्यक्तिको पुजा हुन थाले देखि नै संगठन सुदृद्धीकरणका लागि बहस र छलफल भएपनि व्यबक्तिवादी चरित्र झन मौलाउदै गएका कारण व्यबक्तिवादी चरित्र बिरोधी शक्ती बिकासन्मुख समाज निर्माण गर्न र समाजबादी चरित्रको राज्य व्यबस्था निर्माण गर्न नेकपा एकिकृत समाजबादीको उदय भएको बताउनु भयो ।जिल्ला अध्यक्ष राजुङ्गले नेकपा एमाले भित्र पलाएको व्यक्तिबादी अहंकारकै कारण नकपा एकिकृत समाजवादी पार्टी गठन भएको बताउनु भयो । अध्यक्ष गुरुङ्गले पार्टीलाई समाजबादी चरित्र सहितको बिकासोन्मुख समाज निर्माण गर्न पार्टीलाई गाउ गाउ सम्म पुराइने बताउनु भयो ।