राप्ती गाउँपालिका क्षेत्रका कृषकहरुलाई बाली उत्पादन तालिम पश्चात प्रविधि उपलब्ध गराईएको छ । नामसालिङ सामुदायिक विकास केन्द्र दाङ शाखा द्वारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना मार्फत प्रविधि अन्तरगत विउ भण्डारण गरिने उत्याधुनिक ड्रम उपलब्ध गराईएको हो ।
राप्ती गाउँपालिकाका नामसालिङ सामुदायिक विकास केन्द्रको सेवा क्षेत्रका वडाहरूमा गठित कृषक समूहका २५ कृषकका लागी बाली उत्पादन उपरान्त प्रविधिको साथै बजारीकरण तालिम समेत दिईएको नामसालिङका कार्यक्रम संयोजक तथा कृषि अधिकृत शशांक आचार्यले जानकारी दिनु भएको छ ।
तालिममा सहभागी कृषकहरुलाई सोही परियोजना अन्तर्गत बाली उत्पादन उपरान्त प्रविधि सहयोग स्वरूप जनहि १ थान बीउरबिजन भण्डारण ड्रम राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको प्रमुख आतिथ्यतामा वितरण गरिएको हो ।
तिर्थराज ज्ञवाली











