नेपाली कांग्रेस राप्ती गाउँपालिकाको तेस्रो बैठक सम्पन्न भएको छ ।नेपाली कांग्रेस राप्ती गाउँपालिकाको तेस्रो बैठकले टोल बस्तीमा संगठन विस्तार गर्ने निणर्य गरेको छ ।नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति बिद्याशरण चौधरीको अध्यक्षतामा भएको १४ औ महाधिबेशन पछिको तेस्रो बैठकले ९ वटै वडाका हरेक टोलमा पार्टिको संगठन विस्तार गर्दै सुभेच्छुक संस्था तथा भातृसंगठन विस्तार गर्ने निणर्य गरेको हो ।पालिका सभापति बिद्याशरण चौधरील पेश गर्नुभएको प्रस्ताव उपर छलफलका साथ निर्णय गरिएको हो ।
नेपाली कांग्रेस राप्ती गाउँपालिका पदाधिकारीहरुको बैठकले नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा केन्द, प्रदेश, जिल्ला, क्षेत्र, प्रदेश सभा निर्वाचनमा निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरुलाई बधाई ब्यक्त गर्दै पुनः मिलन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।बैठकले राप्ती गाउँपालिका नेपाली कांग्रेस पार्टिलाई सवल र सक्षम बनाउदै लैजान एक क्रियाशिल १ रुपैया अभियान सन्चालन गर्ने निर्णय गरेको छ साथै नेपाली कांग्रेस राप्ती गाउँपालिकाको तेस्रो बैठकले पार्टिको विधान विपरित पार्टि छोडेका वडा नं १ का सुरेश केसी र शिशिर पुनलाई साधारण सदस्य समेत नरहने गरि कार्वाहि तथा नेपाली कांग्रेसमा प्रबेश गरेकालाई स्वागत गरेको छ ।बैठकमा निर्वाचन आयोग द्धारा मतदाता नावावली संकलन गरिरहेको अवस्थामा स्थानिय मतदाता नावावलीमा छुट भएका नागरिकको पहिचान गरि फोटो सहितको मतदाता नावावली बनाउन सहयोगका गर्ने निर्णय गरेको छ ।पार्टिको तर्फवाट नागरिकको सेवा र सुरक्षाका लागि सदैव क्रियाशिल रहेर काम गर्ने योजना सहित वडा सभापति युवराज भुसाल, चुडामणी शर्मा, तेज बहादुर कार्कीले विचार ब्यक्त गर्नुभएको थियो ।
सचिव चैन कुमार चौधरीको स्वागतमन्तब्य बाट सुरु गरिएको बैठकमा सचिव तिर्थराज ज्ञवालीले र कोषाध्यक्ष पुण जंग रेश्मीले पर्टिको वडा गत तथा पालिका स्तरिय गतिविधि तथा अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो ।नेपाली कांग्रेस राप्तीले हरेक महिनाको दोस्रो शनिवार नियमित बैठक राख्ने निणर्य गरेको छ ।











