ग्रामीण साकोस पश्चिम् नवलपरासी द्वारा आफ्ना शेयर सदस्य लाइ वित्तिय साक्षरता तथा सहकारी शिक्षा दिदै
सुनयना चौधरी -पश्चिम् नवलपरासी को ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि। जिमिरेभारको वित्तिय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रम पुस १३ गते देखि सुरु भएको छ ।संस्थाको उदय सेवा केन्द्र अन्र्तगत वित्तिय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रम बर्दघाट १३ धनेवामा रहेको यूनिर्भसल इंग्लिस बोर्डिङ्ग स्कुलको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षा उप समिति संयोजक एवंम संचालक समिति उपाध्यक्ष सुरज के।सीको अध्यक्षता रहेको थियो भनें संचालक समिति सह सचिव देविदत्त सापकोटा ,सदस्य कृष्ण प्रसाद गौतम र कमला कडेलको आतिथ्यता रहेको थियो । संचालक समिति सदस्य एवंम उदय सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक कमला कडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा शिक्षा उपसमिति संयोजक सुरज के.सी ले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो । संचालक समिति सदस्य एवंम मिरमिरे सेवा केन्द्र व्यवस्थापन उप समिति संयोजक कृष्ण प्रसाद गौतमले संचालन गर्नुभएको कार्यक्रममा सदस्य सेवा विभाग प्रमुख सुनयना चौधरीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा ५४ जना सक्रिय शेयर सदस्यको सहभागिता रहेको थियो । चालु आर्थिक बर्षमा १००० जना शेयर सदस्यहरुलाई वित्तिय साक्षर गराउने गरि संस्थाको सेवाकेन्द्रहरुमा कार्यक्रम सुरु भएको व्यवस्थापक अनन्त पाण्डेले बताउनु भएको छ ।











