नेपाली कांग्रेस रुपन्देहीको पहिलो बैठक सम्पन्न

प्रकाशित मिति:

नेपाली कांग्रेस रुपन्देहीको पहिलो बैठक सम्पन्न भएको छ।नेपाली कांग्रेसको १४अौ महाधिवेशन सकिए पछि आज जिल्ला सभापति राम कृष्ण खाणको सभापतित्वमा पार्टीकार्यलय भैरहवामा बसेको पहिलो बैठकले विभिन्न ८ वटा शिर्षकमा निर्णय गरेको सभापति खाणले जानकारी दिनु भएको छ।


१.धन्यवाद सम्बन्धमा
२.बधाई सम्बन्धमा
३. नियमित बैठक सम्बन्धमा
४.एकता दिवस मनाउने सम्बन्धमा
५.मतदाता नाम लेखाउने
६. आधिकारिक पेज संचालन गर्ने सम्बन्ध मा
७.चिसोका कारण जिउधनको रक्षाका लागि ज्ञापन पत्र जिल्ला प्रशासन कार्यलय रुपन्देहीमन बुझाउने सम्बन्धमा
८. दिवंगत हुनुहुने पार्टीका नेताहरुलाई शोक सब्द दिने।


बैठक बसी १४अौ महाधिवेशन मा खट्रिनु भएका निर्वाचन अधिकृत सहयोग गर्ने सुभेक्ष्युक संस्था सुरक्षा कर्मि संचार कर्मि भातृ संघ नेपाल तरुण दल,नेपाल विद्यार्थी संघ,नेपाल महिला संघ,लगाएत सहयोग गर्ने सम्पूर्ण लाई बैठकले धन्यवाद दिईएको छ।बैठकले केन्द्रीय सदस्य मा निर्वाचित हुनुभएका केन्द्रीय सदस्य अब्दुल रज्जाक लगाएत सम्पुर्ण लाई बधाई दिईएको थियो।यसै क्रममा मासिक बैठकको मिति तय गर्नुका साथै यहि पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन कार्यक्रम बैठकले निर्णय गरेको छ।बैठकले नेपाली कांग्रेसको आधिकारिक पेज संचालन गरि सुचना सम्प्रेषण गर्ने पनि निर्णय गरेको छ यसै सन्द्रभमा नेपाली कांग्रेसको आधिकारिक पेज आधिकारिक व्यत्तिले भन्दा अन्यले संचालन गरेको पाईएमा
र सामाजिक संजालमामा पार्टी लाई आच आउने कुनै पनि गतिविधि भेटिएमा पार्टीले आधिकारिक कार्वाही गर्ने पनि निर्णय गरेको सभापति राम कृष्ण खाणले बताउनु भयो।सभापति खाणले गाउँ तह देखि सबै तहमा नेपाली कांग्रेसको नेतृत्वतह पुर्‍याउन के गर्नु पर्छ सबै एक भएर लाग्न सबैलाई आग्रह गर्नु भयो।

बैठकमा सम्बोधन गर्दै नेपाली काग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाकले धेरै कुरा भन्दा काम गरेर अगाडि बढ्न सबैलाई आग्रह गर्नु भयो विगतका अनुभवहरु सुनाउदै रज्जाकले नेपाली कांग्रेसलेको विधानअनुसार कार्य गर्न आग्रह गर्नु भयो।बैठकमा क्षेत्र नं १का क्षेत्रीय सभापति हिरा बहादुर के सिले पार्टीकोको आन्तरिक चुनाव सकिएको छ ।केसि ले चुनाव सकिए लगतै आगामी आम निर्वाचनको लागि एक भएर सबै तह बाट लाग्न सबैलाई आग्रह गर्नु भयो ।पार्टीका कुनै पनि दायित्व मा रहेका नेता कार्यकर्ता ज्युहरुले सामाजिक संजाल मा पार्टी लाई आच आउने कुनै पनि प्रतिक्रिया सम्प्रेषण गरेमा नेपाली कांग्रेस रुपन्देले कडा कार्वाही अगाडि बढाउन आग्रह गर्नु भयो।यसै गरि क्षेत्र नं ३ का सभापति सुशील गुरुङले समाज मौलाएको भ्रष्टाचार रोक्न नेपाली कांग्रेस सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो ।जिल्ला उपसभापतिहरु डा अनिता शाह थानेश्वर घिमिरे सचिव रुक्मांगत सह सचिवहरु वासु रिमाल, विष्णु थापा लगाएत ले शुभकामना राख्नु भएको थियो। जिल्ला सचिव हरि काफ्लेको संचालन मा बैठक सम्पन्न भएको थियो।