बुटवल, १५ पुष । प्रदेश सभाका कर्मचारीहरुलाई संसद बैठक संचालन सम्बन्धी आवश्यक प्रकया, संसदमा कर्मचारीहरुको भुमिका र कर्मचारीले गर्नुपर्ने सेवा प्रबाहका बारेमा जानकारी गराउने उद्देश्यले बुटवलमा दुईदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
प्रदेश सभाको काम कारबाहीलाई उद्देश्यमुखी, जनमुखी र परिणाममुखी तुल्याउने उद्देश्यले लुम्बिनी प्रदेश सभाका कर्मचारीहरुलाई प्रदेश सभा संचालन र प्रभावकारी कानुन निर्माण प्रकृयामा कर्मचारीले खेल्ने भुमिकाको बारेमा प्रशिक्षण प्रदान गरिएको हो ।
संघिय संसद सचिवालयको आयोजना तथा लुम्बिनी प्रदेश सभा सचिवालयको ब्यबस्थापन र ईन्टरनेशनल रिपब्लिकन ईन्ष्टिच्यूटको सहयोगमा आयोजना गरिएको सो प्रशिक्षण कायक्र्रममा संसदिय अभ्यास, मुल्य मान्यता र परम्परा, संसद बैठकका कार्यसुची, कर्मचारीको निष्पक्षता, तटस्थता र ब्यबसायिकता लगाएतका बिषयमा प्रशिक्षण प्रदान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
साथै प्रदेश सभाको स्वायत्तता, बिधियक तथा प्रस्तावहरु, सम्पुर्ण बिवरण संकलन, अधिबेशन र बैठक आव्हान तथा बैठक स्थगित र अन्त्य लगाएतका बिषयमा समेत कर्मचारीहरुलाई आवश्यक जानकारी गराईएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले बताए ।
कार्यक्रममा संघिय संसदका सचिव सुदर्शन खड्का, पुर्व सचिवद्वय सोमबहादुर थापा, मुकुन्द शर्मा र ईन्टरनेशनल रिपब्लिकन ईन्ष्टिच्यूटका कार्यक्रम प्रबन्धक प्रेमा बिष्ट थापा लगाएतले संसदका गतिबिधी, बिषयगत समिति र संसदिय मामिला रिपोर्टिङ्गमा संचारकर्मीहरुको भुमिका लगाएतका बिषयमा सहजिकरण गरेका थिए ।












