पुस १६, कपिलबस्तु । नेपालमा कुनै व्यापार व्यवसाय गर्न आर्थिक मुख्य पाटो हो । हरेक व्यवसायीले सञ्चालन गरेका व्यापार व्यवसाय कुनैले आर्थिक स्तर मजबुत बनाएका छन् त कसैले व्यवसाय सञ्चालन गर्न जानेर होस या नजानेर आफ्नो गरिखाने बाटो नै बन्द भएको सयौँ उदाहरण छन् । कुनै व्यापार गर्न त्यसप्रतिको लगाव, मेहनत र ज्ञान हुनु जरुरी पर्छ । तर नेपालमै केही गर्छु भन्दाभन्दै विदेशी भूमिमा पनि लाखौँ युवा रोजगारका लागि खाडी मुलुक जान बाध्य छन् । ज्ञान सिप दक्षता हुँदाहुँदै पनि आर्थिक अभावका कारण उनीहरू बिदेशीन विवश हुन्छन् । तर यिनै कुरालाई आत्मसात गर्दै नेपालमै केही गर्छु भन्ने उदाहरणीय पत्र बनेका छन्, यी युवा व्यवासायीहरु ।

कपिलवस्तुका तीन युवा व्यावसायी अहिले निकै चर्चामा छन् । उनिहरुले संचालन गरेका जय किसान एग्रोको निकै चर्चा भैरहेको छ । कपिलबस्तु जिल्लाको बाणगंगा निवासी टि.आर पाण्डे, दर्शन आचार्य र महेश घिमिरे तीन जना साथिहरुले सुरु गरेको उक्त मेसिनरी मार्ट छोटो समयमै लुम्बिनी प्रदेशमै लोकप्रिय बनेको हो ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १ नं बैरियामा संचालित जय किसान एग्रो मार्ट एण्ड मेसिनरी पश्चिम नेपालमै लोकप्रिय मेसिनरी मार्ट बन्न पुगेको युवा व्यवासयी टि. आर पाण्डेले बताए । कपिलवस्तु जिल्लाका युवा व्यवसायी मिलेर संचालन गरेको जय किसान एग्रो मार्ट एण्ड मेसिनरी आधुनिक कृषि प्रणाली लाई बिकास गर्ने उद्देश्य सहित स्वदेशमै रोजगारी दिने उद्देश्यले संचालन गरिएको अर्का जय किसान एग्रो मार्ट एण्ड मेसिनरीका संचालक दर्शन आचार्य बताउँछन् ।उनीहरुले नेपालको पश्चिमी क्षेत्रमा कृषि क्षेत्रका सबै उपकरण एकै ठाउँमा पाइने उद्देश्यले र कृषकहरुलाई सहज पु¥याउनको लागि आफुहरुले काम गर्दै आएको बताउँछन् । उनीहरले आफूहरुले सरल र सहज रुपमा कृषकको घरघरमा आधुनिक कृषि मिसिनले कृषकहरुलाई धेरै फाईद पुगेको प्रतिक्रिया दिदै कृषकको खुःसी नै आफ्नो खुःसी भएको बताए ।












