पुस १८, सिसहनिया-नेपाली काग्रेस पार्टिको दाङ जिल्ला अन्तरगत राप्ती गाउँपालिकाको वडा नं ७ अन्तरगत छोटकी सिसहनिया, अर्नाहनपुर र भानपुर गाउँमा टोल कमिटि गठन गरिएको छ ।नेपाली काग्रेस वडा नं ७ को आयोजनामा विधान संम्मत टोल कमिटि गठन कार्यक्रम अन्तरगत छोटकी सिसहनिया, अर्नाहनपुर र भानपुर गाउँमा टोल कमिटि गठन गरिएको हो ।
वडा उपसभापति छेदिया चौधरी, दान बहादुर चौधरीको अध्यक्षता, पालिका सभापति विद्याशरण चौधरीको प्रमुख आथित्यता, महाधिबेसन प्रतिनिधि विलोचन चौधरी, असोदा चौधरी को विशिष्ट आथित्यतामा भएको कार्यक्रममा पालिका सचिव तिर्थराज ज्ञवाली, क्षेत्रिय प्रतिनिधि भिमलाल चौधरी, नित्यानन्द शर्मा, शान्ति चौधरी, नेत्रलाल चौधरी, राम चरण चौधरी, विर बहादुर चौधरी लगायतकाले नयाँ निर्वाचित टोल कमिटि पदाधिकारीलाई स्वागत तथा बधाई ज्ञापन गर्नु भएको थियो ।
नव निवाचित नेपाली काग्रेस पार्टिको वडा नं ७ अन्तरगत छोटकी सिसहनिया, अर्नाहनपुर र भानपुर गाउँमा टोल कमिटिमा पदाधिकारी छनौट हुनुभएको छ ।नेपाली काग्रेस छोटकी सिसहनिया टोल कमिटिकोमा सल्लाहकार गुरु दास चौधरी, नन्दराम चौधरी,सिताराम चौधरी, घडीराम चौधरी, तुल्सीराम चौधरीचयन हुनु भएको छ । साथै सभापतिमा चुडामणी चौधरी, उपसभापति विर बहादुर चौधरी, सचिव भरतमणी चौधरी, सह सचिव तिर्थराज चौधरी, कोषाध्यक्ष हुमसरी चौधरी सदस्यमा लोक बहादुर बस्नेत, चित्र बहादुर केसी, चन्द्रा चौधरी, लोक राज चौधरी, राज कुमार चौधरी, राम चरण चौधरी, देउ कुमारी चौधरी, रेशमी चौधरी, ठागुराम चौधरी, बुद्धिमान चौधरी, सुर्य चौधरी, सनम चौधरी चयन हुनु भएको छ ।त्यस्तै नेपाली काग्रेस भानपुर टोल कमिटिमा सभापति गौचरण चौधरी, उपसभापति सविता चौधरी, सचिव हिरामणी चौधरी, सह सचिव माया चौधरी, कोषाध्यष मिनु कुमारी चौधरी सदस्यमा जिवलाल चौधरी, लाल बहादुर नेपाली, रितु अधिकारी, गिता जिसी, गिरीराज गिरी, फुल मनिया चौधरी, हिरा कुमारी चौधरी, अरुणी चौधरी चयन हुनु भएको छ ।
नेपाली काग्रेस अर्नाहनपुर टोल कमिटिमा सल्लाहकार प्रकाश विष्ट, सभापति संजय कुमार चौधरी, उपसभापतिमा कुसुम चौधरी र शिव शंकर चौधरी, सचिवमा गरिवु चौधरी र उत्तरसिङ खड्का, सह सचिवमा शंकर चौधरी र शत्रुधन चौधरी, कोषाध्यक्ष सावित्रि चौधरी र सदस्यमा जानकी चौधरी, छुकनिया चौधरी, सरिता चौधरी, रुपलाल चौधरी, जगविर चौधरी, बुद्धिमान चौधरी, शिलादेवी चौधरी, चन्द्रादेवी चौधरी, टंक खड्का, पदम रेग्मी, रुशमिरा चौधरी चयन हुनु भएको छ ।नेपाली काग्रेसको टोल कार्यसमितिको काम, कर्तव्य र अधिकार अन्तरगत आफ्नो क्षेत्रभित्रका सदस्यहरुको विवरण राख्ने मतदाताहरुको विवरण राख्ने, अद्यावधिक गर्ने, मतदाता नामावलीमा नाम थपघट गर्ने, सबै तहका निर्वाचनको समयमा पार्टीको प्रचार प्रसार, निर्वाचन तथा मतदानसंग सम्बन्धित आवश्यक व्यवस्थापन गर्ने र निर्वाचनको समग्र मूल्याङ्कन र समीक्षा गर्ने तथा माथिल्लो निकायमा प्रतिवेदन पठाउने कार्य पर्दछन् ।नेपाली काग्रेसको टोल कार्यसमितिले आफ्नो क्षेत्रभित्रका मतदातासंग निरन्तर सम्पर्क र सम्वाद गर्ने तथा आवश्यकतानुसार सहयोग पु¥याउने,समय–समयमा नागरिक हितसंग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने, पार्टी हितमा अन्य कार्य गर्ने गराउने जिम्मेवारी रहने गर्दछ ।











