१९ पुष, कञ्चन- कञ्चन गाउपालिकामा पुष ४ गते देखि शुरु भएको फोटो सहितको मतदाता परिचयपत्र संकलन गर्ने कार्य समपन्न भएको छ। निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यलय,रुपन्देहीले स्थानिय तहमै गई जिल्लाका १६ वटै स्थानिय तहहरुमा फोटो सहितको मतदाता परिचय पत्र संकलन गर्ने कार्य शुरु गरेको थियो ।रुपन्देहीको सैनामैना, गैडहवा, लुम्बिनी सांस्कृतिक नगरपालिका, कञ्चन लगायत स्थानिय तहहरुमा भएको फोटो सहितको मतदाता परिचय पत्र संकलनमा स्थानियहरुको उतसाह जनक सहभागिता रहेको थियो ।
कञ्चन गाउपालिकामा पुष ४ गते देखि १८ गते सम्म फोटो सहितको मतदाता संकलनका लागि भने बिहान ७ बजे देखि राती ९ बजे सम्म जिल्ला निर्वाचन कार्यलयका प्राबिधिक तथा संकलकहरु यस अघि मंसिर १७ गते देखि पुष २ गते सम्म बुटवल उप महानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थ नगरपालिका, मायादेबी, सेमरीमाई, सियारी, कोटहीमाई र मर्चवारीमा फोटो सहितको मतदाता परिचय पत्र संकलन गरिएको थियोु भने कञ्चन सहित शुद्धोदन, देवलह, तिलत्तोमा, रोहिणी, ओमसतिया, सैनामैनामा पुष ४ गते देखि १८ गते सम्म संकलन गरिएको थियो।
कञ्चनमा महिला १ हजार ३ सय ४ जना र १ हजार २ सय ३५ जना पुरुष गरी जम्मा २ हजार ५ सय ३९ जनाले आफ्नो फोटो सहितको मतदाता परिचय पत्रका लागि फोटो खिद्धाएका छन । यस्तैगरी गैडहवामा गत मंसिर १७ गते देखि पुष २ गते सम्म भएको फोटो सहितको मतदाता परिचय पत्रका लागि ३ हजार ६ सय ९५ जनाले फोटो खिचाएको जिल्ला निर्वचन कार्यलय,रुपन्देहीका संकलक सह्रसराम चौधरीले जानकारी दिनु भएको छ। जसमध्ये २ हजार ४६ जना महिला र १ हजार ६ सय ४९ जना पुरुषले फोटो खिचाएका छन।
फोटो सहितको मतदाता परिचय पत्र संकलनका लागि स्थानिय तहको पालिका कार्यलयमा केन्द्र बनाइएको थियो। कञ्चनमा मतदाता परिचय पत्र बनाउनेहरुको संख्या बढी भएका कारण कञ्चन गाउपालिकाले आन्तरिक श्रोत व्यबस्थापन गरी पुष १५ देखि १८ गते सम्म बिहान ७ बजे देखि राती ९ बजे सम्म फोटो खिचाउने कार्य गरिएको थियो ।निर्धारित समयमा स्थानिय तहमा फोटो सहितको मतदाता परिचय पत्रका लागि फोटो खिचाउन छुटेकाहरुले जिल्ला निर्वाचन कार्यलय भैरहवा र ईलाका प्रशासन कार्यलय,बुटवलमा गएर समावेस गर्न सकिने निर्वाचन कार्यलय, भैरहवाले जानकारी दिएको छ।











