नेकपा एमाले कञ्चनले पार्टीको जिल्ला अधिबेसनका लागि गर्यो प्रतिनीधि छनौट

प्रकाशित मिति:

१९ पुष,कञ्चन- नेकपा एमलोको आठौं जिल्ला सम्मेलनका लागि कञ्चन गाउ पालिकामा प्रतिनीधि छनौट गरेको छ। पार्टीको नवौं महाधिबेसन मंसिर १४ गते देखि १८ गते तितवनमा सम्पन्न भए लगत्तै नेकपा एमालेले जिल्ला अधिबेसन गर्न लागेको हो ।नेकपा एमाले कञ्चन गाउ कार्य समितिको पुष १८ गते आइतवार बसेको बैठकले खुल्ला र समावेसी गरी ३८ जना अधिबेसन प्रतिनीधि छनौट गरेको नेकपा एमाले कञ्चन गाउ कार्यसमितिका अध्यक्ष दिनानाथ आचार्यले जानकारी दिनु भएको छ।

जिल्ला अधिबेशन प्रतिनिधी अन्तर्गत खुल्ला तर्फ ओम प्रकाश शर्मा,केशव सुवेदी, खडानन्द ज्ञवाली, सुवास सापकोटा, बुद्धिप्रसाद रेग्मी, नाम बहादुर के।सी।, गोपाल बहादुर के।सी।, दुर्गा बहादुर क्षेत्री,नवराज पौडेल, बिष्णु प्रसाद पराजुली, हिमा बेलवासे, उमा ढकाल, गिता थापा, इन्द्र सुनार, यमुना के।सी।, सरला ढकाल, रेनु कुंवर, बावुराम पौडेल, शंकर आचार्य, युवराज नेपाल, इन्द्रा पौडेल रहेका छन।यस्तै जनजाती तर्फ गोमा तरामु, खगीसरा थापा, ठाकुर कुमार थापा र राजेश गुरुंग रहेका छन भने दलित तर्फ पुरन बहादुर परियार, लक्ष्मी देबी दर्जी, जुना परियार र कुमारी गहतराज जिल्ला अधिबशेसनका लागि प्रतिनीधिको रुपमा छनौट भएका छन। यस्तै थारु तर्फ हरिनारायण थारु र झोधरी थारु प्रतिनीधिको रुपमा छनौट भएका छन।

यसैगरी बैठकले युवा तर्फ भरत उपाध्याय, जानुका भट्टराई, देवेनद्र गौतम र निम प्रसाद थापा तथा मधेसी तर्फ रमेश कलवार जिल्लाको नवौं जिल्ला अधिबेसन प्रतिनीधि छनौट भएको नेकपा एमाले कञ्चन गाउ कार्य समितिका अध्यक्ष दिनानाथ आचार्यले जानकारी दिनु भएको छ। नेकपा एमालेको नवौं जिल्ला अधिबेसन यही पुष २३ र २४ गते भैरहवाको गणतान्त्रिक सभाहलमा हुदैछ।