स्थानीय निर्वाचन पार्टी बिहिन हुनुपर्छस् संयोजक महतो

प्रकाशित मिति:

महेश सिंह सिरहा लहान २० पुष- देशमा पुर्ण समानुपातीक निर्वाचन प्रणालीको खाचो छ।स्वाधीन मधेस जनअभियानका केन्द्रिय संयोजक कैलास महतोले ठहर गरेका छन्।देशका सम्पुर्ण जातजाती बर्ग समुदायका ब्यक्तीहरुको राजनीतिमा पहुँच,संसद र सरकारमा पहुँच जब सम्म हुदैन तब सम्म देशमा कुनै क्षेत्रमा बिकास गर्न कठिन रहेको बताए।देशमा बिकास र समृद्धि ल्याउन सबैको राजनीतिको निकास तिर उन्मुख गर्नु पर्छ उनले बताए।अहिलेको निर्वाचन प्रणाली पुजीपति,चोर गुनडा,पैसाबला,ब्यापारी,उधोग धन्दा बलाको निर्वाचन हो।समाज ऊनीहरुको जकरणमा रहेको छ।यसको बिशलेशन हुन सकेको छैन।बाकी समाजले चिन्न सकेको छैन।समाजले निर्वाचनबाट बिकास र निकासको प्रगति लिन नसकिनुको कारण भ्रष्टाचार आर्थिक दोहन,अनियमितता, महगो निर्वाचन प्रणाली हुन्।स्थानीय निर्वाचन पुर्ण समानुपातिक हुनुपर्छ महतोले जोडदिनु भयो।

अहिलेको निर्वाचन ४०५ समानुपातिक र ६०५ प्रत्यक्ष रहेको अवस्था छ।यो निर्वाचनले जनता निकास र बिकासको प्रत्याभूती गर्न कठिन रहेको अभियानी महतोले बताए।देशमा समानुपातिक प्रतिनिधित्वको राजनीति र पुर्ण समाबेसी राजनितीको खाचो रहेको ठहर गरेका छन्।अहिलेको महगो र झनझटिलो निर्वाचनले गर्दा मिश्रित जातिवादले गर्दा सिंगो देश नै आजित छन। देशलाई खुला निकास दिनु भन्दा बढी आर्थिक क्षेत्र नै तहस नहस छन्।

कम्तीमा स्थानीय निर्वाचनलाई पार्टी बिहिन निर्वाचन गराउनु पर्ने राज्यको दाईत्व रहेको बताए।उक्त निर्वाचन उपयुक्त निर्वाचन हुने छ।अहिलेसम्मको निर्वाचनले देशमा आपसी टकराब, जातीवाद,पार्टीवाद,धर्मबाद,परिवारबाद बाहेक केहि गर्न सकेको छैन स्वाधीन मधेस जनअभियानका केन्द्रिय संयोजक कैलास महतोले बताए।स्वाधीन मधेस जनअभियानका संगठन नेपालको १७ वटा जिल्लामा स्थपित रहेका छन।देशको विभिन्न जिल्लाहरुमा संगठन बिस्तारका काम तीब्र गतिमा भई रहेको संयोजक महतोले बताए।आउने चुनावमा हाम्रो अभियानले भाग नलिने बताउनु भयो।