जेसीआई सिद्धार्थ लेडी नेपालको आगामी कार्यकालका लागि पार्वती पौडेलको नेतृत्वमा नयाँ कार्यसमिती चयन

प्रकाशित मिति:

जेसीआई सिद्धार्थ लेडी नेपालका आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ । शाखाको २२ औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनले वर्ष २०१९ का लागि पार्वती पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
शाखाको कार्यकारिणी उपाध्यक्षमा मिनाक्षी क्षेत्री र गीता गैरे बञ्जाडे, उपाध्यक्षहरुमा अनुपा पाण्डे, रत्ना पोखरेल, ललिता चौधरी र लक्ष्मी न्यौपाने चयन भएका छन् । त्यसै गरी निर्देशकमा अम्बिका घिमिरे ज्ञवाली र विष्णु पाण्डे निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त विनम गुरुङले जानकारी दिइन । शाखा अध्यक्ष विन्दु काफ्ले उपाध्यायको सभापतित्व तथा सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको संयोजकत्व अम्बिका घिमिरेले गरेकी थिइन भने सञ्चालन लक्ष्मी अधिकारीले गरेकी थिइन् ।