श्री मुनाल कृषि सहकारी संस्थाको १२ औं साधरण सभा सम्पन्न

प्रकाशित मिति:

२८ पुस, कञ्चन- श्री मुनाल कृषि सहकारी संस्था लिमिटेड, कञ्चन(३ रुपन्देहीको १२ औं साधरण सभा मंगलवार सम्पन्न भएको छ। शाधरण सभाले संस्थाको आ।ब।२०७७/७८ को बार्षिक तथा लेख प्रतिबेदन अनुमोदन गरेको छ। साधरण सभालाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले सहकारीहरु शेयर सदस्यहरुको हितका लागि काम गर्नु पर्नेमा जोड दिनु भयो। नाफामुखी हुन खोज्ने कुनैपनि सहकारीले गुणस्तर सेवा दिन नसक्ने समेत अध्यक्ष क्षेत्रीले बताउनु भयो।कृषकहरुलाई व्यवसायमुखी र उत्पादनशिल बनाउनमा योजना ल्ताउन समेत आग्रह गर्दै अध्यक्ष क्षेत्रीले फरक प्रसंगमा कञ्चनको समृद्धि निर्माण गर्नमा स्थानिय सरकार प्रतिबद्ध हुँदै आइरहेको समेत बताउनु भयो।यस्तै कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले कञ्चनका सहाकरीलाई सेवामा आधारित सहकारी बनाउन आवस्यक रहेको बताउनु भयो। सहकारीहरुले कारोवार त गर्छन तर नाफामुखी कारोवारलाई ध्यान दिएको हुदा सेवाक्षेत्र पछाडी परेको उपाध्यक्ष तरामुले बताउनु भयो।

संस्थाका अध्यक्ष चन्द्र बहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरोहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुष्पराज शर्माले समेत शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र बहादुर आलेले संस्थाको बार्षिक प्रतिबेदन तथा लेखा समितिका संयोजक पर्शुराम पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
सस्थाका फौदारको संचलान तथा सचिब ले स्वागत गर्नु भएको थियो।
 
कञ्चनमा थारु संग्राहलय निर्माणको शिलन्यास
२८ पुस,कञ्चन-  रुपन्दहीको कञ्चन गाउपालिकामा स्थानिय आदीबासी थारु समुदायको भाषा,कला,संस्कृति र परमपराको संरक्षण र सम्बर्द्ध गर्ने उदेश्यले थारु संग्राहलयको निर्माण हुने भएको छ।थारु समुदायको नया बर्ष माघीको अबसरमा आयोजित दुई दिने माघी मेलाको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले थारु संग्राहलय निर्माणको शिलन्यास गर्नु भएको हो। हरेक वडामा सामुदायिक हल निर्माण गर्न गाउपालिकाबाट आ.ब।२०७८/७९ मा बिनियोजित २५ लाख रुपैयामा वडा नं।५ मा सामुदायिक हलकै रुपमा उक्त थारु संग्राहलय निर्माण हुन लागेको हो।कञ्चन गाउपालिकाका अध्यक्ष तथा ५ औं थारु माघि महोत्सब मेला २०७८का प्रमुख अतिथि गोकर्ण बहादुर क्षेत्रीले बहुभाषा,कला र संस्कृति भएको कञ्चन गाउपालिकालाई साझा बनाउन गाउपालिकाबाट समुचित योजनाहरु निर्माणहुदै आएको बताउनु भयो। गाउपालिकामा बोलिने भाषा,कला र संस्कृतिको संरक्षण गर्नु गाउपालिकाको कर्तब्य र जिम्मेवारी समेत भएकोले जनप्रतिनिधी र कर्मचारी सबैले प्रतिबद्ध भई कार्य गर्दै आईरहेको समेत अध्यक्ष क्षेत्रीले बताउनु भयो।

दुई दिनसम्म सञ्चालन हुने ५ औं थारु माघि महोत्सब मेला २०७८ मा पहिलो दिन थारु नृत्य प्रतियोगिता सहित राष्ट्रिय कलाकार श्री निवास थारु,मिलन चौधरी,हरिनारायण थारु लगायतले थारु संस्कृति झल्किने गित तथा प्रस्तुतीहरुको प्रस्तुत गरिएएका थिए। मेलामा जागरण आमा समूह,बगही, दुर्गामाई कृषक आमा समूह,मायादेबी सामुदायिक महिला समूह, थारु नमुना आमा समूह, सृजना आमा समूह, मटेरिया गाउँ समाज, थारु संघर्ष युवा क्लब, संगम स्पोर्टस क्लब गरि ९ स्थानिय समुहरुले थारु नृत्य प्रतियोगितामा सहभागिता जनाएका छन। मेलामा थारु समुदायका ढिकरी, पचसुनी, घोंगी, खिचडी लगायतका खानाका परिकारहरुको प्रदर्शनी गरिएको मेलामा दुर्गामाई कृषक आमा समूह, मायादेबी सामुदायिक महिला समूह र थारु भाषा कला तथा संस्कृति उत्थान मञ्चले थारु नाच झुमरा र झर्रा नाच प्रस्तुत गर्नेछन।

माघि महोत्सब मेलालाई सम्बोधन गर्दै कञ्चन गाउपालिका वडा नं।५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले गाउपालिका भित्रका हरेक समुदाय,जातिको भाषा,कला र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनु भयो। गाउपालिकामा थारु संग्राहलय निर्माण सम्पन्न भएपछि गाउपालिकाको गरिमा अझ बढ्ने समेत वडा अध्यक्ष अधिकारीले बिश्वास व्यक्त गर्नु भयो।
थारु कल्याणकारी सभा,कञ्चनका अध्यक्ष पुर्णवासी थारुको अध्यक्षता तथा राधिका चौधरीको स्वागतमा शुरु भएको मेलामा कञ्चनमा कृयाशिल विभिन्न संघ संस्था,राजनैतिक दल,जनप्रतिनिधी तथा कर्मचारीहरुको समेत सहभागिता रहेको थारु कल्याणकारी सभा,कञ्चनका सचिब बिष्णु थारुले जानकारी गराउनु भयो।