सुख्खा बस्तीमा पानी पुगे पछि ……..

प्रकाशित मिति:

– प्रेम पुन्थोकी

“योजना सम्पन्न भए पछि स्थानीयले योजना हस्तान्त्रण कार्यक्रमलाई उत्वसको रुपमा मनाए । बाजागाजा सहित, नाँचगान र भोजभतेर समेत गरेका स्थानीयले पाहुनालाई भव्य स्वागत गरेका थिए ।”

स्थानीय हिडमा शेर्पा
स्थानीय पासाङ ल्यामु शेर्पा

ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नं ५ पिप्लाटे मानेडाँडाकी हिडमा शेर्पा यति बेला मख्ख छिन् , आफ्नो घर सहित छिमेकका तीन घरको सामुहिक एक धारामा आउने पानीलाई प्रयोग गरेर करेसाबारीमा मनग्ये तरकारी फलाउने सोंच बनाएकी उनको त्यो सोंच भ्रखर निर्माण सम्पन्न निगाले जौंबारी खानेपानी योजनाले पुरा गर्न लागेको हो । ‘पाइपबाट निगाले खोल्साको सानो पानी बस्ती सम्म झर्थोे तर त्यही दुइ बर्ष अगाडि मोटर बाटो खन्दा पाइप हटाए पछि त्यही पनि हरायो ’ हिडमाले भनिन् ‘ बुढेसकालमा अरु गर्न सकिन्न घरमै बसी अब तरकारी फलाउनु पर्छ ’ ।   पिप्लाटेकै अर्की स्थानीय पासाङ ल्यामु शेर्पा पनि दैलो मै पानी झरे पछि निकै खुसी छिन् , भन्छिन् ‘तल कुवाबाट पानी लिनुपर्ने थियो । आफैलाई पुराउन गाह्रो थियो , पशु र खेतिपातीमा त कल्पना पनि गर्न सकिने अवस्था थिएन ।’   पानीको मुहान त्यति टाढा पनि हैन, न त पानी ल्याउन समुदायले पहिला पहल नगरे कै हुन् । उक्त योजना निर्माण समितिका सचिव शम्भु श्रेष्ठ भन्छन् ‘ खानेपानीको अवस्था साह्रै नाजुक थियो, मुहान थियो तर पानी चढेको थिएन , त्यस माथि बाटो खनिँदा ठाउँ ठाउँमा पाइप काटिँदा बस्तीमा पानी नै हरायो ।’ श्रेष्ठ थप्छन् ‘पहिलाको तुलनामा त धेरै ठुलो पानी आएको छ , घरघरमा धारा छ, टयांकीमा पानी कलेक्सन गरेर घरघरमा पुराउन सकिएको छ ।’

स्थानीय शुम्भु श्रेष्ठ

योजना सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटीले आर्थिक तथा प्राबिधिक सहयोग गरेको छ । संस्थाका वास अधिकृत शैलेस श्रेष्ठले योजनाका लागि कार्यक्रमले ४७ लाख र प्राबिधिक सहयोग रहेको बताए । जसमा समुदायले ५ लाख बराबरको योगदान पुराए पछि कुल ५२ लाख बढि मा योजना सम्पन्न भएको हो । श्रेष्ठका अनुसार योजनामा पानी संकलनका लागि १० र १६ हजार लिटरका दुई ओटा ट्यांकी निर्माण भएका छन् जसबाट ५० घरधुरीका २०० जनसंख्या लाभाम्बित भएकाछन् । योजनाको सुरक्षा र संरक्षण र दीगोपनाको लागि उपभोक्ता ५० र रेडक्रसबाट ५० गरि एक लाखको मर्मत संभारकोषको समेत स्थापना भएको छ ।

योजना गत हप्ता एक कार्यक्रमका बिच अध्यक्ष नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष संजीब थापाले समुदायलाई हस्तान्त्रण गरे ।  हस्तान्त्रण कार्यक्रममा बोल्दै थापाले जनताको आवश्यकता, मनोभावना र स्थानीयको समस्याको पहिचान गरेर योजना संचालन गर्दा जन सहभागिता, अपनत्व र सफलता प्राप्त गर्न सजिलो बुझेरै रेडक्रसले हरेक योजनामा सोही अनुसार योजना गर्दै आएको बताए । उनले पानी भनेको जीवन भएको भन्दै जीवन बचाउने कुरामा सचेत रहन योजनाको संरक्षण कार्यमा समुदायको सक्रियता हुनुपर्नेमा सचेत गराए ।

कार्यक्रममा बोल्दै सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ रेडक्रसले सरकारको सहयोगीको रुपमा अतुलनीय योगदान पुराएको भन्दै स्थानीयको सक्रियता अझै प्रसंशा गर्न लायक कार्य भएको बताए । उनले योजना सम्पन्न हुनु मात्र ठुलो कुरा नभएकोले भन्दै यसको दीगोपनाको लागि यो बिकाश आफ्नो लागि भएको संझिएर चासो दिनुपर्नेमा जोड दिए । श्रेष्ठले जसको संरक्षणमा सहयोग गर्न नगरपालिका सधै तयार रहेको बताए ।
योजना सम्पन्न भए पछि स्थानीयले योजना हस्तान्त्रण कार्यक्रमलाई उत्वसको रुपमा मनाए । बाजागाजा सहित, नाँचगान र भोजभतेर समेत गरेका स्थानीयले पाहुनालाई भव्य स्वागत गरेका थिए ।