कञ्चनमा टोल शिक्षामा कोभिड प्रतिकार्य सम्बन्धी अभिमुखिकरण

प्रकाशित मिति:

२७ माघ, कञ्चनरजगिलाल थापा- कञ्चन गाउपालिकामा सञ्चालित सामुदायिक बिधालयहरुमा अध्ययनरत बिधार्थीहरुको शैक्षिक गुणस्तर कायमा गर्न टोल शिक्षा सम्बन्धी कोभिड प्रतिकार्य अभिमुखिकरण कार्यक्रम भएको छ। शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत टोल शिक्षा सञ्चालन एवंम व्यबस्थापनका लागि विधालय तथा वडा संग छलफल तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।कञ्चनको शैक्षिक स्तर बृद्धि गर्न पुर्व प्राथमिक बिधालयहरुमा अध्ययन गर्ने बालबालिकाहरुको शिक्षण सिकाईमा बढी ध्यान दिनु पर्ने कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जोड दिनु भएको छ। जव सम्म शिक्षक शिक्षिकाहरु नै बालबालिकाहरुको सिकाईमा ध्यान दिन सकिएन भने बिधालयमा भौतिक पुर्वाधार पुरा गरेर मात्र गुणस्तर शिक्षा हुन्छ भन्ने कुरा पनि गलत हुने अध्यक्ष क्षेत्रीले बताउनु भयो ।

बिपदको समयमा पनि बालबालिकाहरुको पढाईलाई निरन्तरता प्रदान गर्न बिधालय प्रशासन, शिक्षक शिक्षिका र बिधालय ब्यवस्थापन समितिका पदाधिकारीहरुको प्रतिवद्धताले मुख्य भुमिका खेल्ने प्रशिक्षक तथा कालिका स्वालम्बन सामाजिक केन्द्रका कार्यक्रम निर्देशक अर्जुन थापाले बताउनु भयो । कोभिड १९ का कारण भएको बालबालिकाहरुको शिक्षामा पहुंच सुनिश्चित गरी गुणस्तरिय सिकाई उपलब्धी हासिल गर्न बिधालय समय बाहेक अतिरिक्त समयमा टोल शिक्षा सञ्चालनलाई प्राथमिकता दिनु पर्ने प्रशिक्षक थापाले उल्लेख गर्नु भयो ।
कञ्चन गाउपालिकाका शिक्षा शाखा प्रमुख रमेश भुषालले बालबालिकाहरुको सिकाई ह्रासलाई परिपुर्ण गर्न गाउपालिकाको सहकार्य तथा कालिका स्वालम्वन सामाजिक केन्द्रको सहजिकरणमा टोल शिक्षा सञ्चालन हुने बताउनु भयो । बिपदमा शिक्षाका प्रतिकार्यका लागि बिधालय र गाउापलिकाहरुको योजना निर्माण गरी कार्यान्वयनमा सहजता प्रदान गर्न टोल शिक्षाले सहयोग गर्ने भएकोले बिधालयमा कार्यरत शिक्षकहरुलाई नै टोल शिक्षामा सहजकर्ताको रुपमा परिचालन गर्न लागेको शिक्षा शाखा प्रमुख रमेश भुषालले बताउनु भयो।
बालबालिकाहरुका लागि कल्याण नभई गुणस्तरिय र पहुंचयुक्त शिक्षा उनिहरुको नैसर्गिक अधिकार सुनिश्चित गर्नु सरोकारवालाहरुको कर्तब्य भएको रुद्रपुर माध्यमिक बिधालयका प्रधानाध्यापक पिताम्वर भट्टराईले बताउनु भयो । शिक्षा शाखा प्रमुख रमेश भुसाललको अध्यक्षता तथा रुद्रपुर माध्यमिक बिधालयका प्रधानाध्यापक पिताम्वर भट्टराईको स्वागतमा सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्र, तौलिहवा कपिलबस्तुको आयोजना, कञ्चन गाउपालिकाको सहकार्य तथा समन्वयमा भएको अभिमुखीकरण कार्यक्रममा ग्ल्क्ष्ऋभ्ँ र ग्क्ब्क्ष्म् को सहयोग रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्र, तौलिहवा कपिलबस्तुका कार्यक्रम निर्देशक अर्जुन थापाले सहजिकरण गर्नु भएको थियो भने भवि क्षेत्रीको सञ्चालनमा भएको अभिमुखीकरण कार्यक्रममा कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामु, वडा अध्यक्ष तथा कञ्चनमा सञ्चालित १९ सामुदायिक बिधालयका प्रधानाधपक तथा शिक्षक प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।टोल शिक्षा अन्तर्गत ६ महिना सम्म ३८ वटा टोल तथा केन्द्रहरुमा सामुदायिक बिधालयका कक्षा १ देखि ३ सम्म् अध्ययनरत बालबालिकाहरुलाई टोल शिक्षा अन्तर्गत शिक्षण सिकाई सञ्चालन हुने छ।