लुम्बिनी प्रदेशका मुख्यमन्त्री के।सी। कञ्चनमा आउने

प्रकाशित मिति:

फागुन ५ गते कञ्चनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के।सी। कञ्चनमा आउनु हुने भएको छ। रुपन्देहीको कञ्चन गाउपालिका वडा नं। ४ स्थित गरगरेमा रहेको कर्मटसी छुलिंग गुम्बाको अवलोकनका लागि मुख्यमन्त्री के।सी। आउनु हुने भएको हो ।कर्मटसी छुलिंग गुम्बा व्यबस्थापन समितिको निमन्त्रणामा यही फागुन ५ गते बिहिबार गुम्बाको अवलोकन गर्न मुख्यमन्त्री के।सी। आउने हुने सो समितिका अध्यक्ष बोम बहादुर गुरुंगले जानकारी दिनु भएको छ।

गुम्बाको अवलोकन पछि मुख्यमन्त्री के।सी।ले बौद्ध धर्म अनुसार गुम्वाको पुजा गर्ने कार्यक्रम समेत रहेको गुम्बा व्यबस्थापन समितिका सदस्य तथा बेलडाडा टोल बिकास संस्थाका अध्यक्ष तुल बहादुर गुरुंगले जानकारी दिनु भएको छ।समितिको तर्फबाट अध्यक्ष बोम बहादुर गुरुंगले गुम्बाको अवलोकनको क्रममा कञ्चनमा आउनु भएका मुख्यमन्त्री कुल प्रसाद के।सी। समक्ष कञ्चनको पर्यटन प्रबद्र्धन बिकासमा सहयोग पुराउदै आएको कर्मटसी छुलिंग गुम्बाको भौतिक पसर्वाधार बिकास र लुम्बिनीसंग कञ्चनको पर्यटनलाई जोड्ने गरी प्रदेश स्तरिय योजना बनाउन आग्रह गर्दैै आवस्यक बजेट ब्यबस्थापन गर्न आग्रह सहित योजना पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको समितिका सदस्य तुल बहादुर गुरुंगले जानकारी दिनु भएको छ।