रुपन्देही/रुपन्देहीको कञ्चन गाउपालिकामा हरियो सालको गोलिया सहित ट्याक्टर बरामद भएको छ। रुद्रपुर सामुदायिक बन उपाभोक्ता समूहका पदाधिकारी, कर्मचारी र इलाका प्रहरी कार्यलय, रुद्रपुरको संयुक्त गस्ती टोलीले करिब ४३।२१ कयुफिट बराबरको ५ थान हरियो सालको गोलिया सहति ट्याक्टर बरामद भएको समूहका अध्यक्ष नाम बहादुर के।सी।ले जानकारी दिनु भएको छ।
अध्यक्ष के।सी।का अनुसार गोप्य सूचनाको आधारमा कञ्चन ५ स्थित पिपरीचापाबाट ट्याक्टरमा सालको गोलिया जादैछ भन्ने खवर पाएपछि समूहका पदाधिकारी, बन हेरालु र ईलाका प्रहरी कार्यलय, रुद्रपुरका सुरक्षा कर्मीहरुले कञ्चन १ गजेडी बजारमा पुगी फुलचन्द्र ढुवानी सेवा नमाक लु ४ त १९३८ नम्वरको न्यू होल्याण्ड ट्याक्टरमा राती २स्३० बजेको समयमा ७ फुटे ५ थान सालको गोलिया बरामद भएको हो ।सकेसम्म फर्निचरमा पुराएपछि पक्राउ गर्ने योजनाका साथ सालको गोलिया सहितको ट्याक्टरलाई चारैतिरबाट छेको मार्दै पछि लाग्ने क्रममा उक्त ट्याक्टर पिपरीचापाबाट बेलडाडां तिर लाग्यो, त्यसपछि उक्त ट्याक्टर जर्लैया हुदै कञ्चन १ दानापुर जोड्ने पुल हुदै गजेडीमा पुगे पछि हामीले यसलाई ठोक ठोक भनेपछि ट्याक्टर झ्याप्पै रोक्यो र चालक सहित ट्याक्टरमा सवार ३ जना फरार भए, समूहका एक जना सदस्यले घटनाबारे बताए ।
बरामद भएको सालको गोलिया र ट्याक्टर आवस्यक थप अनुसन्धानका लागि कञ्चन सव डिभिजन बन कार्यलय मार्फत डिभिजन जिल्ला बन कार्यलय भैरहवा पठाइएको सुमूहका अध्यक्ष नाम बहादुर के।सी।ले जानकारी दिनु भएको छ। समूहले पहिलो पटक सवारी साधन सहित यति धेरै परिणामा सालको गोलिया बरामद गरेको हो । यस भन्दा अघि पनि समूह र प्रहरी प्रशासनको संयुक्त गस्तीले एक थान पिक अप गाडी, बोलेरो, मोटर साइकल, अटो र साइकल सहित सालका अबैध काठहरु बरामद गर्दै आएको थियो ।












