कञ्चनमा एम।सी।सी सम्झौता बिरुद्ध मोटर साइकल र्याली

प्रकाशित मिति:

रुपन्देही/रुपन्देहीको कञ्चन गाउपालिकामा अमेरिकी सहयोग परियोजना एम।सी।सी सम्झौता बिरुद्ध मोटरसाइकल र्याली भएको छ। कञ्चनको गरगरेचोक देखि थकालीचोक, हरैया बजार, अस्नैया, गजेडी बजार हुदै बेलभरिया बजारमा पुगी उक्त र्याली कोण सभामा परिणत भएको हो ।नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ती पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी लगायत नागरिक समाजको संयुक्त बिरोध र्यालीलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता लक्ष्मीकान्त पौडेलले नेपाली राजनीतिलाई ध्रुबिकरण गरी बिदेशी शक्तीराष्ट्हरुले नेपालाई रणभुमी बनाउन खोजेको बताउनु भयो ।

एम।सी।सी नेपालका लागि कुनै बिकास परियोजना नभई बिकास परियोजनाको बहानामा अमेकिरी सैन्यशक्ती भित्र्याई चिनमाथी हमला गर्ने कुदनियत भएको बताउनु भयोयस्तै नेकपा माओवादी केन्द्रका नेता हस्त बहादुर सांवरले एम।सी।सी सम्झौताले देशमा कुनै बिकास नहुने र बिकासको बहानामा नेपाललाई नेपालकै कानुन भन्दा माथी हुनेगरी अमेरिकी सेनाको परेडस्थल बनाउने हिन्द प्यासिफिक सैन्य रणनीति भएको बताउदै कुनै पनि हालतमा एम।सी।सी। सम्झौता खारेज हुनु पर्नेमा जोड दिनु भयो । राष्ट्रिय जनमुक्ती पार्टीका नेता भैरब बहादुर थापा मगरले देशको सार्बभौमिकता माथी प्रत्यक्ष बैदेशिक हस्तक्षेप निम्त्याउने राष्ट्रघाती सम्झौता एम।सी।सी भएको बताउनु भयो । नेपालका शासक दलहरुले बिगत देखि नै बैदेशिक सहयोगको बहानमा देशमा अप्रत्यक्ष रुपमा बैदेशिक हस्तक्षेप निम्त्याउदै आएकोमा एम।सी।सी। सम्झौता पछि देशमा खुलेआम अमेरिकी सेनाले देश चलाउने भएका कारण सम्पुर्ण देशभक्तहरु एम।सी।सी। सम्झौता बिरुद्ध संघर्षमा आउन नेता थापा मगरले आग्रह गर्नु भयो ।

यसैगरी र्यालीलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति, रुपन्देहीका प्रवक्ता दीपक पौडेलले एम।सी।सी सम्झौता पछि एम।सी।सी परियोजना अन्तर्गत नेपालको प्राकृतिक श्रोत साधनहरुको अनुसन्धान हुने र ती अनुसन्धानबाट प्राप्त प्रतिबेदन पनि अमेरिकाको स्वामित्व हुने भएको बताउनु भयो । एम।सी।सी। सम्झौता अनुरुप हुने हरेक गतिबिधीहरुसंग नेपालको ऐन कानुनन बाझिन गएमा ती कानुनहरु स्वत बदर हुने र अमेकिरी कानुन बमोजिम परियोजना सञ्चालन हुने भएकोले एम।सी।सी। सम्झौता राष्ट्रघाती भएको नेता पौडेलले बताउनु भयो । यसैगरी नेपाल कम्युनिष्ट पार्टीका नेता कुल बहादुर पट्टेलले एम।सी।सी परियोजनाले देशमा कुनै बिकास नहुने भन्दै एम।सी।सी मार्फत गरिने बिकासको बहानामा छिमेकी देश चिनमाथी घेरा हाल्ने हिन्द प्यासिफिक सैन्य नीति भएको स्वयम अमेरिकाले भनिरहदा समेत नेपालका बिदेशी दलालहरुले नेपाली जनतालाई बिकास परियोजनाको नाममा ढांटिरहेको बताउनु भयो ।

राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, राष्ट्रघाती एम।सी।सी सम्झौता खारेज गरौं लेखिएको ब्यनार सहित भएको बिरोध र्याली अन्तर्गत कञ्चनको थकालीचोक, धौलागिरीचोक, हरैया बजार, अस्नैया बजार, गजेडी बजारमा कोण सभा गदै बेलभरियामा पुगि समापन भएको थियो । बिभिन्न ठाउमा गरिएको कोण सभामा नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा, नेकपा क्रान्तीकारी माओवादीका केजी कुमार पौडेल, राष्ट्रिय जनमुक्ती पार्टीका रुम बहादुर फौंजा, राष्ट्रिय जनमोर्चा, केन्द्रिय समन्वय समितिका मनिराम सापकोटा, स्वतन्त्र नागरिकहरुको तर्फबाट गोपाल बिस्वकर्मा लगायतले एम।सी।सी। सम्झौता राष्ट्रघाती नै भएकोले खारेज गर्नै पर्ने र संसदमा निर्णायर्थ प्रस्तुत भएपनि देशभक्त सांसदहरुले बिपक्षमा मतदान गरी असफल बनाउनेमा बिश्वास ब्यक्त गर्नु भएको थियो।एम।सी।सी सम्झौता बिरुद्ध भोली १० गते मंगलवबार सांझ ७ बजे मसाल जुलुस हुने आयोजकले जनाएको छ।