निर्वाचनअघि माग पुरा गर्न भन्दै जनमतले बुझायो ज्ञापनपत्र

प्रकाशित मिति:

भैरहवा-जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीले निर्वाचन अघि किसानहरुको माग सम्बोधन गर्नु पर्ने लगायतका माग राखी जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

जनमत पार्टीले दल दर्ता हुंदा पाएको चुनाव चिन्ह स्थानीय चुनावमा पनि लागू गर्नु पर्ने, निवार्चन चिन्ह सम्बन्धि सिन्डिकेट खारिज गर्नु पर्ने, नागरिकता देखाएर मतदान गर्न मिल्ने ब्यवस्था गर्नु पर्ने भन्दै जिल्ला निर्वाचन कार्यालय रुपन्देही अगाडि प्रदर्शन गर्दै जिल्ला निर्वाचन प्रमुख अयोध्याप्रसाद भन्डारीलाई ज्ञापनपत्र बुझाएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले जानकारी दिए