कञ्चन/बिपन्न दलित महिलाहरुलाई आत्म निर्भर बनाउने उद्धेश्यका साथ सञ्चालन गरिएको ५ दिने सरफ तथा साबुन बनाउने तालिम बुधवार सम्मन्न भएको छ। कञ्चन गाउपालिका वडा नं। ४ को आयोजनामा संचालन भएको तालिमा २० जना बिपन्न दलित महिलाहरुले सहभागिता जनाएका थिए।तालिमको समापन गर्दै कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थीले सिप बिनाको मानिस हरेक कुरामा पछि पर्ने बताउनु भयो ।

सिपयुक्त ब्यक्तिले बाच्न कसैसंग निर्भर नहुने बताउदै प्रमुख प्रशासकिय अधिकृत पन्थीले सबै कुरामा हात हाल्दा पनि कुनै कुरामा पनि सफल नभइने भएकोले सरफ तथा साबुन बनाउने सिप सिकेपछि यस तालिमलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गर्नु भयो । यसैगगरी वडा नं। ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले हरेक पक्षमा समानुपातिक अवसर प्राप्त हुदैन तव सम्म कसैको समान बिकास नहुने कुरा बताउनु भयो । दलित भित्र पनि अवसर नपाएका र बिपन्न महिलाहरु भएकाले उनिहरुको आर्थिक अवस्थालाई सुधार ल्याउन वडाले दलित महिला तयो पनि बिपन्न र अवसरबाट बिमुख दलित महिलाहरुलाई लक्षित गरी व्यबसायिक तालिमको रुपमा सरफ तथा साबुन बनाउने तालिम सञ्चालन गरिएको वडा अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य गिता थापा,वडा नं। ४ का वडा सदस्य केशर बहादुर खत्री लगायतले सिप सिकेर मात्र आत्म निर्भर नभइने भएकोले सिपलाई समयमै सदुपयोग गर्न आग्रह गर्नु भयो । वडा सदस्य इन्द्रा सुनारको अध्यक्षता तथा वडा सचिव राजेन्द्र पौडेलको सञ्चालनमा समपन्न तालिममा सहजकर्ता सुस्मिता थापा मगरले सहजिकरण गर्नु भएको थियो ।












