तिलोत्तमा-लुम्बिनी सेवा समाज अमेरिकाले नेपाल अविनाश अनाथ आश्रम तिलोत्तमा–१५, कोटिहवालाई आर्थिक सहयोग प्रदान गरेको छ । आश्रमलाई समाजको तर्फबाट ५० हजार नगद सहयोगस्वरुप प्रदान गरिएको संस्थाका अध्यक्ष जगदिशप्रसाद न्यौपानेले बताए ।बुधबार एक कार्यक्रमका बीच लुम्बिनी सेवा समाज अमेरिकाले आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीलाई नगद सहयोग प्रदान गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण गर्दै समाजका अध्यक्ष न्यौपानेले समाजको तर्फबाट केही भए पनि आश्रमलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नगद रकम प्रदान गरिएको बताए । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उनले प्रतिवद्धता जनाए ।समाजकै उपाध्यक्ष लता प्रधानले आश्रमलाई सहयोग गर्न पाउँदा खुशीको अनुभूुति भएको बताउँदै लुम्बिनी सेवा समाज अमेरिकाले अनाथ बालबालिका लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताइन् ।नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले आश्रमलाई सहयोग प्रदान गरेकोमा संस्थालाई धन्यवाद दिंदै विभिन्न क्षेत्रबाट सहयोग जुटाउन सञ्चार क्षेत्रको समेत ठूलो भूमिका रहेको बताए । आश्रममा हाल २२ जना बालबालिका आश्रित रहेको उनले जानकारी दिए ।












