सुरेश परियार-नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ सैनामना नगर कमिटिमा नयाँ नेतृत्व आएको छ । संघको प्रथम अधिबेशनले गोपाल खड्काको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको आयोजकले जनाएको छ ।कमिटिको उपाध्यक्षमा केशव पाण्डे,बादल चन्द ठकुरी,राजु श्रेष्ठ,बन्दना न्यौपाने,रोहित खनाल,सचिबमा सुमन घिमिरे,उपसचिबमा सागर अधिकारी,बिमल चौधरी,शिव श्रेष्ठ,कोषाध्यक्षमा सर्मिला घर्ति र बाँकी सदस्यमा रहेका छन् ।

सोही अवसरमा बोल्दै नेकपा एमाले पोटिब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज खिमलाल भट्टाराईले एमाले पार्टिलाई बलियो बनाउने मुख्य खम्बा युवा संघ भएको बताएका छन् ।पार्टिलाई चलायमान र सुदृढ बनाउन लागी युवा संघको भुमिका अतुलनीय रहने हुदाँ सक्षम नेतृत्व आउन जरुरी रहेको कुरा उल्लेख गरे ।पछिल्लो समय युवाहरु दुब्र्यसनी र अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै ति युवाहरु युवा संघमा अटाउन नसक्ने बताए । युवा संघले ब्यक्तित्व विकास मात्र नभई नेतृत्व विकास समेत गर्ने हुदाँ युवा संघमा युवाहरु बढि आकर्षित तर्क गरे ।
फरक प्रसंगमा बोल्दै खिमलाल भट्टाराईले देश र जनताको जिम्मा लिने पार्टि नेकपा एमाले बाहेक अरु नभएको ठाकुवा गरेका छन् । परिर्वतनकारि शक्तिका रुपमा एमाले उदय भएको जिकिर गर्दै भट्टाराईले क्रान्तिका लागी आफनो पार्टि मैदानमा खडा भएको बताए ।धतङंगा पाँच दलबाट बनेको परमादेश सरकारले देशलाई संकटको भुमरिमा पारेको उनको आरोप छ ।बर्तमान सरकारले एमसिसिको बारेमा मुख खोल्ने वित्तिकै यसबारे नेकपा एमालले आधिकारीक धारणा बाहिर ल्याउने बताए ।
यस्तै,कार्यक्रममा नेकपा एमाललेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईञ्चार्ज भुमिश्वर ढकालले सैनामैना नगर युवा संघको पकड क्षेत्र भएको बताएका छन् ।युवा संघमा आउने हजारौँ युवाहरु क्षमतावान भएको दावि गर्दै ढकालले युवा संघबाट नेता जन्मीने बताए ।लोकतन्त्र तथा गणतन्त्रलाई संस्थागत गरि मुलुकलाई आर्थिक सम्बृद्धिको दिशामा लैजान युवाहरुको सहभागिता अपरिहार्य रहने बताए ।उनले देशको निकास एमालेले मात्र दिन सक्ने भएकाले आगामी स्थानीय तहको चुनावमा फेरि पनि एमालेको वर्चस्व कायम राख्न एक ढिक्का भएर अघि बढ्नुपर्ने दिन आएको बताए ।कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ईन्चार्ज सुमन पुरि,युवा संघ रुपन्देही जिल्ला ईन्चार्ज नकुल शाहि,युवा संघ जिल्ला अध्यक्ष मनोज गौचन लगायतले बोलेका थिए ।कार्यक्रममा विभिन्न पार्टि परित्याग गरि एमालेमा प्रवेश भएका छन् ।
कार्यक्रममा २ हजार भन्दा बढि युवाहरुको उपस्थित थियो भने कार्यक्रम सैनामैना वाटर वल्र्डको सभाहलमा भएको हो । युवा संघ सैनामैना नगरकमिटि अध्यक्ष प्रेम थापाको अध्यक्षतामा भएको कार्यक्रम एमालेका युवा नेता दिपक न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।












