आज फागुन १५ मगर एकता दिवस, नवलपरासी सहित देशैभर विभिन्न कार्यक्रम गरि मनाइयो,

प्रकाशित मिति:

नवलपरासी-आज मगर समुदायले ४० औँ एकता दिवस नवलपरासी सहित देशैभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । २०३९ साल फागनु १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो । यसैको सम्झनामा हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घ संस्थाले एकता दिवसका रुपमा मनाउने गर्छन् ।

मगर सङ्घका संस्थापक महासचिव सुरेश आले मगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाममा गुल्मीको भार्सेमा मगरहरुको पहिलो सङ्गठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै सङ्घको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । त्यस्तै, नेपाल मगर संघ विनयी त्रिबेणी वडा नम्बर ६ र ७ को सयुक्त आयोजनामा ४० औँ मगर एकता दिवस र बृहत सास्कृतीक कार्यक्रम आइतबार त्रिबेणीको हरियाली जैविक पार्कमा सम्पन्न भएको छ ।

मगर संघ विनयी त्रिबेणी ६ र ७ का सयुक्त अध्यक्ष भुपेन्द्र थापा मगरको अध्यक्षता तथा विनयी त्रिबेणी गाउपालिकाकी उपाध्यक्ष मिना रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले भाषा, धर्म र सस्कृतीको रक्षा गरिएमा त्यसको प्रतिफल भावी पुस्ताले पाउने बताउदै जातिय पहिचानलाई बचाउनका लागी मगर समुदायले खेलेको भुमिका सहार्यनिय रहेको धारणा राख्नुभयो । कार्यक्रम विनयी त्रिबेणी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर विक, वडा नम्बर ६ का वडाध्यक्ष प्रितम बहादुर गुरुंग, वडा नम्बर ७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्री, योजना अधिकृत कृष्ण प्रसाद अर्याल, उज्जवल शिशु ईग्लिश बोर्डिंग स्कुल रानीनगरका प्रिन्सिपल दिपक कुंवर, खेम बहादुर राना, लक्ष्मण गौतम लगाएतले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको थियो । ईतिहास भाषा, धर्म सस्कृतीको सरंक्षण सम्बद्र्धन मगरहरुको मुलमन्त्र जातिय पहिचान स्वायत्त शासन सहितको लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा प्राप्त गर्ने मगर विद्यार्थीहरुलाई सम्मान सहित पुरस्कृत गरिएको थियो । सो अवसरमा मगर समुदायको कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेको कार्यक्रम सञ्चालक अमित थापाले जानकारी दिनुभएको छ । कार्यक्रममा मगर समुदायका महिलाका दानविर तेज कुमारी थापालाई कदर सहित सम्मान गरिएको थियो ।