पश्चिम नवलपरासीको बर्दघाटमा जारी पाँचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेलामा दर्शकको आकर्षण बढ्दै

प्रकाशित मिति:

बर्दघाट/पाँचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला तेश्रो दिन पनि आज पश्चिम नवलपरासीको बर्दघाटमा जारी रहेको छ । बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको ब्यापार मेलामा आज चर्चित लोक दोहोरी गायक एवं मोडल रामजी खाडले आफ्नो बेजोड प्रस्तुतीबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो भने गायक खांडको साथमा लोक दोहोरी गायिका लक्ष्मी बस्नेत,गायक भरत क्षेत्रि पलदिप सुनार लगायतका कलाकारले पनि आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नुभएको र भोली चौथो दिन लोक तथा दोहोरी गायक प्रकाश सपुत, लोकदोहोरी गायिका प्रिती आले, मिलन सापकोटा, राम श्रेष्ठ, डान्सर बबिता बोहरा लगाएत स्थानिय कलाकाहरुको पनि बेजोड प्रस्तुती रहने सास्कृतीक उपसमिति समयोजक खुमन बस्यालले जानकारी दिनुभयो । त्यसैगरि ब्यापार मेलाको तेस्रो दिन २२ हजार ५ सय दर्शकहरुको उपस्थिती रहेको मेलामा अनुमानित ५० लाख बराबरको आर्थिक कारोबार भएको बर्दघाट उद्योग बाणिज्य संघका महासचिव तथा प्रवक्ता दिनेश न्यौपानेले जानकारी दिनुभएको छ ।

व्यापार मेलामा जिल्लाका पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले डकुमेन्ट्री प्रदर्शन एवं कला संस्कृति,परम्पराको संरक्षणसमेत गर्ने उद्देश्यले मगर, थारु, नेवार लगायत जातिका परम्परागत घर र खानाका परिकारहरू पनि रहेका छन भने मेलामा कृषी, प्रविधि, लघुउधमी, विभिन्न सुचना केन्द्र, निशुल्क स्वास्थ्य परिक्षण केन्द्र, प्रहरी सहायता केन्द्र लगाएत घरायसी प्रायोेजनमा प्रयोग हुने बस्तुहरुको प्रदर्शनी गरिएको छ । मेलामा बाल उधान, मनोरञ्जन, सेल्फी जोन लगाएत रहेका छन । मेलामा जेष्ठ नागरिक, शारिरिक अशक्त भएकाहरुलाई मेला प्रबेश निशुल्क गरिएको छ भने विद्यार्थीहरुको प्रबेशको लागी सहुलियत दिएको र स्वास्थ्य मापदण्डलाई मध्य नजर गर्दै मेला भर्न आउनेहरुलाई निशुल्क मास्क समेत निशुलकउलब्ध गराएको आयोजकले जनाएको छ । अवधिभर दर्शकलाई मनोरन्जन दिलाउन लोक दोहोरी, आधुनिक र हाँस्य विधाका राष्ट्रिय र स्थानीय गरी ८५ जना भन्दा बढी चर्चित कलाकारहरूको प्रस्तुतिसँगै बर्दघाट डान्स आइडल र टिकटक प्रतियोगिता आकर्षणको रुपमा रहने संघका अध्यक्ष एवं मेला सरंक्षण समिति समयोजक लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । फागुन २५ गतेसम्म चल्ने व्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने आयोजकको लक्ष्य छ । मेलाको सामुदायिक रेडियो दाउन्ने बर्दघाटले प्रत्येक दिन प्रत्येक प्रशारण गर्दै आइरहेको छ ।