कांग्रेस महासमिति सदस्यहरुप्रति धन्यवाद ज्ञापन

प्रकाशित मिति:

प्रकाश खनाल बुटवल,४ पुस । नेपाली कांग्रेसको चालु महासमिति बैठकमा पार्टी हिन्दु राष्ट्र मुलुकको पक्षमा उभिनु पर्ने आवाज ब्यापक रुपमा उठेकोमा सारथी श्रृजनशील समाज नेपालले धन्यवाद ज्ञापन गरेको छ । समाजले बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजनागरी हिन्दु राष्ट्र मुलुकको पक्षमा आवाज उठाउने पार्टीका केन्द्रीय सदस्य तथा महासमिति सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको हो । गौ रक्षाका लागि भन्दै नेपाल भारत धार्मिक सांस्कृतिक कृषि पर्यटन प्रवद्र्धन बर्ष २०७५ को मुल आयोजक रहेको सारथी श्रृजनशील समाज नेपालले कार्यक्रम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस महासमिति सदस्यहरुले विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाल पुनस्र्थापना पक्षमा देखाइएको अभिमतबाट नेपाल पुन हिन्दु राष्ट्र स्थापित हुने विश्वास ब्यक्त गरिएको छ ।

समाजले आगामि फागुन १३ गते देखि २० गते सम्म भारतको काशी विश्वनाथ देखि अयोध्याधाम–लुम्बिनी र जनकपुरधाम हुदै पशुपतिनाथ सम्म गौ रक्षार्थ नेपाल– भारत हिन्दु जनजागरण सद्भाव यात्रा आयोजना गरेको छ ।  गौ रक्षार्थ नेपाल– भारत हिन्दु जनजागरण सद्भाव यात्रा २०७५ मुल आयोजक समितिका संस्थापक अध्यक्ष तथा संरक्षक चक्रदेव जोशी र संस्थाका उपाध्यक्ष आचार्य पं भीमकान्त पन्थीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाल– भारत हिन्दु जनजागरण सद्भाव यात्राले दुवै देशको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण गोगदान पुग्ने विस्वास ब्यक्त गरिएको छ ।

यात्राका क्रममा सबै स्थानहरुमा नेपाल र भारतका केन्द्र, प्रान्त र स्थानीय सरकारका प्रमुख,राजनीतिक दलका प्रमुख,धार्मिक,सामाजिक,उद्योग,शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रका प्रमुखहरुलाई आमन्त्रण गरिने सो संस्थाले जनाएको छ ।अभियानकै क्रममा फागुन १० गते देखि १७ गते सम्म लुमिबनीमा आयोजना हुने लुम्बिनी महोत्सव सम्पन्न गर्न भैरहवाका समाजसेवी अभिमन्यु यादवको संयोजकत्वमा ११ सय ११ सदस्सीय तयारी उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।कार्यक्रमकोब्यवस्थापकीय जिम्मेवारी अन्तराष्ट्रिय हिन्दुजनजागरण गौ रक्षाअभियान भारत कमिटीकाअध्यक्ष एवं वरिष्ठसमाजसेवी अर्जुनप्रसाद पन्थीको संयोजकत्वमा ब्यवस्थापनसमिति गठन गरीएकोजनाइएको छ ।