महाशिवरात्रीमा पौवाका ११ वटै शाखा भजनमय

प्रकाशित मिति:

बुटवल । हिन्दु धर्मावलम्बीहरुको विशेष पर्व शिवरात्रीको अवसरमा होटल पौवा प्रालिले विशेष शुभकामना कार्यक्रम गरि मनाएको छ । पौवा ग्रुपले शिवरात्रिका अवसरमा पौवाका ११ वटा शाखामा भजनकिर्तन गरि मनाएका जनाएको छ ।

बुधबार सबै शाखामा महाशिवरात्री विशेष भजन कार्यक्रम तथा प्रसाद ग्रहण कार्यक्रम गरि मनाएको हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । यसैको झल्को दिने गरि पौवाले आफनो सबै शाखाहरुमा कार्यक्रम गरेको पौवा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । उनले पौवाले नेपालको पर्यटन क्षेत्रको विकाससंगै सामाजिक उत्तरदायित्वमा समेत बहन गर्दै आएको बताए । ‘हामीले नेपाली संस्कृतीलाइ ब्राण्ड बनाउने र देशब्यापी संजालमा ब्यवसायलाई जोड्ने लक्ष्य अगाडी बढाएको छौ ।’– उनले भने ।

बुटवलसहित भैरहवा, रेसुङा, पाल्पा, गोरुसिङे, लमही, घोराही, भालुवाङ, जुम्ला, धनगढी, र चितवनमा कार्यक्रम गरिएको ज्ञवालीले बताए । होटलमा पाहुनाहरु भजन कृतन गर्दै रमाउदा निक्कै मजा भएको बताउँदै उनले भजनमा गाउने रमाउनुका साथै खिर, हलुवा र अचारको मिठो प्रसादी समेत वितरण गरिएको बताए ।ब्रह्माले रुद्ररुपी शिवजीलाई उत्पन्न गरि शिव पार्वतीको विवाह भएकोे दिनलाई शिवरात्री पर्व मान्दै कृष्ण चतुर्दशीका दिन निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चना गरि मनाईन्छ ।

पौवाका अध्यक्ष दुर्गा भण्डारीले ऐतिहासिक, धार्मिक स्थलहरुको प्रचारप्रसारका साथै सास्कृतिक जर्गेना गर्ने लक्ष्यसहित पौवाले वर्षभरि विविध कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।पौवाले नेपालमा परम्परादेखि मनाइँदै आएको चाडपर्वहरुलाई मौलिकता प्रदान गर्दै मनाउँदै आएको छ ।