तिलोत्तमामा दर्जनौ युवा जनमुक्ति पार्टीमा प्रवेश

प्रकाशित मिति:

रुपन्देही-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिभिन्न पार्टी परित्याग गरी दर्जनौं युवा राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।शनिबार रुपन्देहीको मंगलापूर स्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नवप्रवेशीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिष सचिब गिता सारु,प्रदेश अध्यक्ष झम बहादुर गुरुङ,जिल्ला अध्यक्ष प्रेम बहादुर थापा लगायतले स्वागत गरेका थिए ।

सो अवसरमा बोल्दै पार्टीका संघीय परिषद सचिब गिता सारुले अन्य पार्टीहरुले छरेको भ्रम उजागर हुदै गएपछि जनमुक्ति पार्टीमा प्रवेश गर्ने लहर चलेको बताइन् ।नवप्रवेशीहरुलाई पार्टीमा उचित स्थान दिइने भन्दै उनले आगामि निर्वाचनमा पार्टीले सम्मानजनक सिट हाशील गर्ने विश्वास ब्यक्त गरिन् ।
कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष झम बहादुर गुरुङले राजा,कांग्रेस र कम्युनिष्टले मुलुकलाई खोक्रो बनाएको भन्दै जनमुक्ति पार्टीबाट मात्रै मुलुक समृद्ध बन्न सक्ने दाबी गरे ।

राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमाका नगर अध्यक्ष भोम बहादुर बुढाको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश तथा वडा नं १० को वडा कमिटी गठन कार्यक्रममा पार्टीका पुर्व नगर अध्यक्ष राजु राना,नुरजंग राना,जनमुक्ति युवा महासंघ रुपन्देही जिल्ला सदस्य इश्वर गाहा लगायतले आ आफ्नो भनाई राखेका थिए ।
पार्टीका नगर सचिब प्रेम कनौजेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको जनमुक्ति पार्टी लुम्बिनी प्रदेशका सूचना तथा सञ्चार बिभाग प्रमुख रोशन अश्लामीले जानकारी दिए ।कार्यक्रममा पार्टीको तिलोत्तमा नगरपालिका वडा नं १० मा महादेव थारुको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरिएको थियो ।