फागुन १९ गते कञ्चनको भैसाहीबाट चोरी भएको मोटर साइकल सण्डहवामा भेटियो

प्रकाशित मिति:

२१ फागुन, कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिका वडा नं। ५ गौरी भैसाहीबाट चोरी भएको मोटर साइकल सोही वडा कै सण्डहवामा शनिवार करिब फेला परेको छ। गत फागुन १९ गते बिहिवार राती कञ्चन गाउपालिका वडा नं। ५ दुर्गा मन्दिर टोल गौरी भैसाही बस्ने सुन्दर सिंह बि।क।को लु १२ प १२३७ नम्वरको १५० सि सि को निलो रंगको पलसर मोटर निजकै घर देखि चोरी भएको थियो ।

पिडित बि।क।ले आफ्नो मोटर साइकल घरैदेखि चोरी भएको भनि ईलाका प्रहरी कार्यलय रुद्रपुरमा उजुरी दिएका थिए। पिडितको उजुरी पछि ईलाका प्रहरी कार्यलय, रुद्रपुरका प्रहरी निरीक्षक राजाराम यादवको नेतृत्वमा गएको अनुसन्धान तथा खोजतलास पश्चात उक्त मोटर साइकल चोरी गर्ने स्थानिय दुई युवाहरुले सण्डहवा स्थित आफन्तकै घरमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो । मोटरसाइकल चोरी गर्नेहरुमा सोही वडाकै गौरी भैसाहीमा बस्ने बर्ष २१ का अजय बि।क। र बर्ष १७ का बिव बि।क। रहेका छन । निजहरुले कञ्चन ५ सण्डहवाका आफ्नो आफन्त भन्ने रिकिंग बि।क।को घरमा लुकाई छिपाई गरी राखेको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यलय, रुद्रपुरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिनु भएको छ।

उक्त चोरी भएको मोटर साइकल र मोटर साइकल चोरीमा संलग्न दुई अभियुक्तहरुका बारेमा थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यलय,सालझण्डी पठाइएको ईलाका प्रहरी कार्यलय, रुद्रपुरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिनु भएको छ।
पछिल्लो पटक इलाका प्रहरी कार्यलय, रुद्रपुरमा कार्यलय प्रमुखको रुपमा प्रहरी निरीक्षकको राजाराम यादव आएपछि सुरक्षा गस्तीले तिब्रता पाएसंगै कञ्चनमा भइरहेको लागु औषध, चोरी तथा तस्करीमा नियन्त्रणले पनि प्राथमिकता पाइरहेको स्थानियहरुले ब्यक्त गरेका छन